back

ऊर्जामा लगानी बढाउन अन्तराष्ट्रिय दातृ निकायसित आह्वान

वि.सं.२०७५ कात्तिक १२ सोमवार

270 

shares
GLOBAL IME AD
NTC AD

१२ कात्तिक, काठमाडौँ । दिगो ऊर्जा विकासबाट ‘सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने’ सरकारको प्रमुख लक्ष्यमा सहयोग गर्न अन्तर्राष्ट्रिय दातृ निकायसित आह्वान गरिएको छ ।

आजदेखि यहाँ शुरु भएको ग्रामीण तथा शहरी विकासका लागि नवीकरणीय ऊर्जासम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल सरकारका उच्च नेतृत्वले सो आह्वान गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न ऊर्जा विकासमा सरकारले प्राथमिकता दिएको जानकारी गराए ।

नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार दातृ निकायका आर्थिक एवं प्राविधिक सहयोगमा साना÷लघु विद्युुत् परियोजनाबाट ३० मेगावाट विद्युत्, आठ लाख ५० हजार सौर्य घरेलु प्रणाली, चार लाखभन्दा बढी बायोग्यास प्लान्ट, १४ लाख सुधारिएको चुलो, १० हजार सुधारिएको पानीघट्ट, जडान गरिसकेको छ । साथै साना÷लघु जलविद्युत् र सौर्य ऊर्जाबाट १८ प्रतिशत विद्युत् र समग्र नवीकरणीय ऊर्जा प्रविधिबाट ३४ लाख घरधुरी लाभान्वित भएका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र त्रिभूवन विश्वविद्यालय, इञ्जिनीरिङ अध्ययन संस्थानद्वारा संयुक्तरुपमा आयोजित सो तीनदिने सम्मेलनमा नेपाललगायत करीब २० देशको सहभागिता छ । सम्मेलनमा ऊर्जा र दिगो विकास, ऊर्जा सुरक्षा, जलवायु परिवर्तन र कार्बन व्यापार, हरित आर्थिक वृद्धि, नवीरकणीय ऊर्जा प्रविधि, लैङ्गिक मूल प्रवाहीकरण र ऊर्जा, मिनी ग्रीड, ऊर्जा दक्षता, विद्युुत् सम्झौता, स्वच्छ ऊर्जा प्रविधिमा लगानी, दिगो ऊर्जा पहुँचलगायत विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।

यसअघि नवीकरणीय ऊर्जासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सन् १९९८, सन् २००३ र २०११ मा काठमाडौँमा भएको थियो । साथै सन् २००९ मा नवीकरणीय ऊर्जा प्रविधि र दिगो विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन र सन् २००६ मा राष्ट्रिय सम्मेलन आयोजना भएको थियो । करीब ८० वटा कार्यपत्र प्रस्तुत हुने उक्त सम्मेलनमा झण्डै २५० ऊर्जाविद्को सहभागिता छ ।

सम्मेलन शुभारम्भ गर्दै शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विसं २०७५÷२०८५ लाई सरकारले ऊर्जा दशक घोषणा गरी हरेक घरलाई ऊर्जा घर बनाउने, विद्यालय शिक्षामा नै नवीकरणीय ऊर्जाको महत्वसम्बन्धी विषय पाठ्यक्रममा समावेश गर्ने जानकारी दिए । उनले भने, “यस क्षेत्रमा थप सहयोग गर्न म अन्तर्राष्ट्रिय दातृ निकायसित आह्वान पनि गर्छु ।”

अर्थमन्त्री डा युवराज खतिवडाले दिगो विकासका लक्ष्य पूरा गर्न ऊर्जा विकासमा सरकारले प्राथमिकता दिएको जानकारी दिए । त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियाले इञ्जिनीरिङ अध्ययन संस्थानमार्फत विश्वविद्यालयले नवीकरणीय ऊर्जा प्रविधिमा जोड दिएको बताए ।

इञ्जिनीरिङ अध्ययन संस्थानका डीन एवं सम्मेलन आयोजक समितिका संयोजक प्रा त्रिरत्न बज्राचार्यले आर्थिक–सामाजिक विकास र वातावरण संरक्षणका लागि नवीकरणीय ऊर्जा महत्वपूर्ण हुने चर्चा गर्दै विश्वव्यापीरूपमा यसतर्फ जोड दिइरहेका सन्दर्भमा नेपालमा पनि यस किसिमको सम्मेलन आयोजनाबाट अन्तर्राष्ट्रिय ज्ञान, अनुभव र प्रविधिका बारेमा जानकारी पाउन सकिने बताए ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कामु कार्यकारी निर्देशक नवराज ढकालले उर्जाको विकासका लागि नीतिगत सुझाव, प्राविधिक ज्ञान तथा लगानीको सम्भावनाले सम्मेलन महत्वपूर्ण अवसर भएको धारणा व्यक्त गरे । सम्मेलन उद्घाटनसत्रमा नेपालका लागि जर्मनी र बङ्गलादेशका राजदूत क्रमशः रोलाण्ड शेफेर र मास्फी विन्ते शाम्स, युरोपेली महासङ्घका राजदूत भिरोनिका कोडी, विश्व बैंकका देशीय प्रबन्धक फारिस हाड्डले नेपालको ऊर्जा विकासमा आगामी दिनमा पनि सहयोग निरन्तरता दिइने जानकारी दिए ।

वि.सं.२०७५ कात्तिक १२ सोमवार १७:१९ मा प्रकाशित

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन...

आज अन्तरराष्ट्रिय दाल दिवस

आज अन्तरराष्ट्रिय दाल दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा...

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

काठमाडौँ । बालक अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहेको...

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । ओखलढुंगामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा...

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने...

वालिङमा महिलालाई बीउ पाठी उपहार

वालिङमा महिलालाई बीउ पाठी उपहार

काठमाडौँँ । स्याङ्जाको वालिङ नगरपालिका–५ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको...