back
CTIZAN AD

वीर अस्पतालमा अनियमितता, हतारमा सामान खरिद

वि.सं.२०७५ कात्तिक १२ सोमवार

639 

shares


शरद शर्मा,(रासस)
१२ कात्तिक, काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले कर्मचारीको दरबन्दीदेखि यन्त्र उपकरण खरीद प्रक्रियामा अनियमितता गरेको पाइएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले अनुगमनपछि सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा कर्मचारीको दरबन्दी बढी राख्नाका साथै खरीद ऐन विपरीत मेशिन उपकरण खरीद गरेको पाइएको प्रवक्ता विष्णुबहादुर लामिछानेले जानकारी दिए । खरीद गुरुयोजना नबनाउने र वार्षिक खरीद योजनानुरुप समयमा खरीद प्रक्रिया अगाडि नबढाउँदा आवको अन्त्यतिर बजेट फ्रिज हुने भन्दै हतार हतारमा खरीद गर्ने गरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ । अस्पताल सञ्चालनका लागि नियमित रुपमा आवश्यक पर्ने औषधि र सरसफाइलगायत अन्य सामग्री सोझै खरीद गर्ने प्रवृत्ति देखिएको छ ।
प्रतिवेदनमा प्रतिष्ठानका जिम्मेवार पदाधिकारीले वीर अस्पतालमा ९४ र ट्रमा सेन्टरमा एक सय जना स्वीकृतीविना दरबन्दी नियुक्त गरिएको पाइएको छ । पदपूर्तिका लागि सेवा आयोगले गर्ने कानूनी व्यवस्था भए पनि विसं २०७२ असोजदेखि आयोगबाट पदपूर्ति नभएको पाइएको छ ।
‘‘लामो समयसम्म वैधानिक बाटोबाट पदपूर्ति नगरिँदा एकातिर सेवा प्रवाहमा समस्या भएको देखिएको छ, अर्कोतर्फ कार्यरत कर्मचारीहरुको वृत्ति विकासमा समस्या देखिएको छ’’, प्रतिवेदनमा भनिएको छ, ‘‘नियमित प्रक्रियाबाट रीतपूर्वक पदपूर्ति नगरिकन करार र ज्यालादारीमा कुनै विधि प्रक्रियाको अवलम्बन नगरी स्वविवेकका आधारमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका जिम्मेवार पदाधिकारी नियुक्त भएको पाइएको छ ।’’
प्रतिवेदनमा यसरी नियुक्त भएका कर्मचारीको नियुक्त गर्ने पदाधिकारीबाट उनीहरुले खाएको तलबभत्ता र अन्य सुविधावापतको रकम असूल गर्न भनिएको छ । यन्त्र उपकरण खरीद गर्नका लागि खरीद एकाइ गठन गरे पनि एकाइमा विशेषज्ञ प्राविधिकभन्दा अहेब, नर्सिङ र प्रशासनतर्फका कर्मचारी बढी रहेका भेटिएको छ । खरीद एकाइमा वरिष्ठ चिकित्सकको अध्यक्षतामा खरीद महाशाखा गठन गर्न सुझाव दिइएको छ ।
अस्पतालले सार्वजनिक खरीद ऐन २०६३ र नियमावली २०६४ विपरीत सिटीस्क्यान मेशिन खरीद गरेको पाइएको छ । उक्त मेशिन खरीदमा लागत अनुमान तयार गर्दा तीन फर्मसँग दर माग गरिए पनि ती कम्पनीको आधिकारिकतासमेत नपाइएको प्रतिवेदनमा उल्लेख छ । यस्तै बाइम्ड इण्टरनेशनल र मेडिकल सोलुशनबाट खरीद गर्दा दर पेश गरेको पत्रमा दर पेश गर्ने आधिकारिक निकायको हस्ताक्षर नभएको पाइएको उल्लेख गरिएको छ ।
न्यून रकम कबोल गर्ने भन्दा बढी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत गर्ने पद्धतिसमेत छानबिनका क्रममा देखिएको केन्द्रका सूचना अधिकारी दालनाथ अर्यालले जानकारी दिए । प्रतिवेदनमा अस्पतालले आव २०७३÷०७४ मा खरीद गरिएका महत्वपूर्ण उपकरण खरीदका लागि लागत अनुमान तयार गर्दा उच्च मूल्य राखेको पाइएको उल्लेख गरिएको छ ।
प्रतिष्ठानले बोलपत्र नै नगरी टेम्पोग्राफी मेशिन रु ६ करोड ६६ लाख ६६ हजार ४३० मा खरीद गरेको र सोको वार्षिक मर्मत खर्च रु २३ लाख ५० हजार गरेको सम्झौता नियमविपरीत रहेको देखिएको छ । केन्द्रले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा पठाइएको सूचना अधिकारी अर्यालले बताए । वीर अस्पतालमा केन्द्रका उपसचिव यामप्रसाद भुसालको संयोजकत्वमा गत चैतदेखि असारसम्म छानबिन गरिएको थियो ।

वि.सं.२०७५ कात्तिक १२ सोमवार २०:१५ मा प्रकाशित

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा–१ मा उम्मेदवारी खारेज भएपछि...

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...