back

सम्जुर गाउँमा सातवटा मस्जिद

वि.सं.२०७५ कात्तिक १४ बुधवार

399 

shares
GLOBAL IME AD
NTC AD
photo-Agency

१४ कात्तिक, दमौली । तनहुँको भानु नगरपालिका–१३ स्थित सम्जुर गाउँमा सात वटा मस्जिद रहेको छ ।
करीब २०० घरधुरी रहेको सम्जुर गाउँमा सात वटा मस्जिदमा भेला भएर मुसलमान समुदायले प्राथना गर्ने गरेको स्थानीय मुस्लिम अगुवा तथा खोदा बकस मदर्शाका अध्यक्ष फजिर महमद मियाँले जानकारी दिए ।

सम्जुरमा नेपालकै सबैभन्दा पुरानो दाबी गरिएको मस्जिदसमेत रहेको मियाँले बताए । कुनै समय तनहँुको सम्जुरमा जिल्लाकै सबैभन्दा बढी मुसलमान समुदाय बस्ने भएपनि हाल यहाँ ती समुदायका २०० घरधुरी मात्र छन् ।

सदरमुकाम दमौलीमा बसोबास गर्ने ९० प्रतिशतभन्दा बढी मुसलमान सम्जुरबाट नै झरेको सिरानोगाउँ मस्जिदका अध्यक्ष हाजी महमद याकुवले बताए । अहिले प्रार्थना गर्ने व्यक्ति धेरै नहुँदा प्रायः सबै मस्जिद खाली नै हुने उनको भनाइ छ । उनले भने “पहिले निकै भीड हुन्थ्यो तर अहिले सबै खालीखाली नै हुन्छ ।” मस्जिदमा बकर इद र इदुलफित्रमा भने निकै रमाइलो हुने गरेको उनले बताए ।

केही मस्जिद जीर्ण भइसक्दा पनि बजेटको अभावमा मर्मत गर्न नसकिएकोे फजिर महमद मियाले बताए ।

वि.सं.२०७५ कात्तिक १४ बुधवार १६:१४ मा प्रकाशित

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै

फाप्ला । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटको फाइनल...

देवीदह संरक्षण गर्न आर्थिक अभाव

देवीदह संरक्षण गर्न आर्थिक अभाव

सिरहा । सिरहाको लहान नगरपालिका-१७ स्थित देवीदह संरक्षणको अभावमा कुरुप...

प्रहरीलाई हातपात गरेको अभियोगमा दुई जना पक्राउ

प्रहरीलाई हातपात गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र...

अम्रिसोबाट आम्दानी लिँदै किसान

अम्रिसोबाट आम्दानी लिँदै किसान

गलेश्वर (म्याग्दी) । यहाँको मङ्गला गाउँपालिका–५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी...

विरूवा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन हुँदै

विरूवा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन हुँदै

स्याङ्जा । स्याङ्जाको विरुवा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन हुने...

सुन्तला बिक्रीबाट २२ करोड बढी आम्दानी

सुन्तला बिक्रीबाट २२ करोड बढी आम्दानी

काँक्रेविहार (सुर्खेत) । जाजरकोटमा उत्पादित सुन्तला बिक्रीबाट यो वर्ष किसानले...