back
CTIZAN AD

प्रदेश नं ३ प्रदेशमा प्रोजेक्ट बैंकको स्थापना गरिने

वि.सं.२०७५ कात्तिक १४ बुधवार

753 

shares

१४ कात्तिक, हेटौँडा । प्रदेश नं ३ का प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले प्रदेशको १३ जिल्लाको भूगोल र जनताको आवश्यकता अनुसारको योजनालाई तत्काल फेरबदल नगरी कार्यान्वयनमा ल्याउन आगामी आव २०७५/७६ देखि ३ नं प्रदेशमा प्रोजेक्ट बैंकको स्थापना गर्ने तयारी भइरहेको बताएका छन् ।

उपाध्यक्ष डा देवकोटाले राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा राष्ट्रिय गौरवको आयोजना तथा जिल्लाका आवश्यकताअनुरुप विकास योजनाको छनोट गर्न आगामी मङ्सिर महीनाभित्र पाँचवर्षे आवधिक योजनाको आधारपत्रको मस्यौदा तयार गरिसक्ने जानकारी दिए।

उनले प्रोजेक्ट योजनाअन्तर्गत ऊर्जा उत्पादन, पर्यटन, कृषि उत्पादन र बहुर्राष्ट्रिय कम्पनी स्थापनाका लागि स्वदेशी र विदेशी लगानीकर्तालाई प्रदेश सरकारले सहज सुविधायुक्त सेवा उपलब्ध गराउन नीति योजना आयोगले समन्वयकर्ताको भूमिका निर्वाह गर्ने बताए ।

डा देवकोटाले एक प्रश्नको उत्तरमा जिल्लाको भौगोलिक र आवश्यकताअनुसार स्थानीय निकायबाट सिफारिश भई आएका योजनालाई यदाकदा राजनीतिक दलको नेता, प्राविधिक कार्यालय र उच्च प्रशासनका पदाधिकारीबाट फेरबदल गर्ने प्रक्रिया चलेकाले स्थानीय भेगमा निर्माण हुने विकास आयोजनाले मूर्तरुप पाउन नसकेको उल्लेख गरे । उनले जनताले प्रत्यक्ष लाभ पाउने योजनालाई फेरबदल नगरिकन ती योजनालाई कार्यान्वयन गर्ने प्रक्रियालाई अब निरन्तरता दिनुपर्नेमा जोड दिँदैै प्रोजेक्ट बैंकबाट योजनाको निष्पक्ष छनोट र स्थलगतरुपमा कार्यान्यवन गर्ने र त्यसको प्रत्यक्ष अनुगमन गर्ने नीति योजना आयोगले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

सो प्रदेश नीति योजना आयोगले आवधिक योजनाको आधारपत्र तयार गर्न कात्तिक १७ गते चितवनको भरतपुर, १८ गते नुवाकोट र २० गते ललितपुरमा योजना समीक्षा गोष्ठीको आयोजना गर्न लागेको एवं सो गोष्ठीबाट प्राप्त सुझावअनुसार योजनालाई समष्टिगतरुपमा अवधारणापत्र तयार गरी क्रमशः चालू आर्थिक वर्षभित्रै १३ जिल्ला योजना कार्यान्वयन गर्ने नीति योजना आयोगका सदस्य श्यामकुमार बस्नेतले बताएका छन् ।

उनका अनुसार सो आयोगले प्रभावकारीरुपमा कार्यक्रमको तर्जुमाका साथै अनुगमन गर्ने कार्यका लागि आवश्यक जनशक्ति, कर्मचारीको दरबन्दी २२ जना भएको भए पनि हाल एक जना उपसचिव र एक जना प्रशासकीय अधिकृत कार्यरत भएकाले आफ्नो भूमिकालाई गतिशील बनाउन कठिनाइ उत्पन्न भएको जानकारी दिएका छन् ।

वि.सं.२०७५ कात्तिक १४ बुधवार २०:०४ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...