back

महाराष्ट्रमा स्वाइन फ्लुबाट मर्नेको संख्या ३०२ पुग्यो

वि.सं.२०७५ कात्तिक १५ बिहीवार

273 

shares
GLOBAL IME AD
NTC AD

१५ कात्तिक, पुणे, महाराष्ट्र, भारत । भारतको महाराष्ट्र राज्यमा यसवर्ष हालसम्म स्वाइन फ्लुबाट मर्ने व्यक्तिको संख्या ३०२ पुगेको राज्यका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

राज्यका स्वास्थ्य निरीक्षण अधिकृत प्रदीप आवटेले स्वाइन फ्लुबाट प्रभावित तीन सय २५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी दिए। उनले भने, “राज्यमा यसवर्षको हालसम्म ३०२ जनाको मृत्यु भइसकेको विवरण प्राप्त भएको छ । अस्पतालमा उपचार गराइरहेकामध्ये २२–२३ जनाको अवस्था गम्भीर रहेको छ ।”

उनले जनवरीदेखि अक्टोबरसम्म विभिन्न किसिमका फ्लुबाट महाराष्ट्र राज्यमा दुई हजार ३७५ मानिस बिरामी भएको बताए ।

“तैपनि, यो वर्ष स्वाइन फ्लुबाट मृत्यु हुनेको संख्यामा निकै कमी आएको हो । सन् २०१७ मा करिब सात सयको मृत्यु भएको थियो । यो वर्ष स्वाइन फ्लुका बिरामी जुलाई, अगष्ट र सेप्टेम्बर महिनामा बढी देखिएका थिए,” आवटेले बताए ।

 

उनले मधुमेह भएका र उच्च तनाव झेलिरहेका बिरामी सबैभन्दा बढी जोखिममा रहेको बताए । “मधुमेह र उच्च तनाव भएका मानिसमा कुनै किसिमले आकस्मिक खोकी लाग्ने वा चिसो लागेमा स्वास्थ्य परीक्षणका लागि तत्काल चिकित्सकलाई देखाउनु पर्दछ । यस्ता मानिसमा स्वाइन फ्लुले आक्रमण गर्ने सम्भावना बढी हुन्छ । रोग लागेको दुई दिनभित्रै उपचार शुरु गरिए चाँडो निको हुने सम्भावना बढी हुन्छ ।”

डा आवटेले रुघाखोकी लागेका व्यक्तिहरु अरु मानिसको सम्पर्कबाट टाढै रहनुपर्ने सुझाव दिँदै चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्ने बताए ।

 

उनले भने, “रुघाखोकी लागेका मानिस सार्वजनिक स्थलमा नगएको राम्रो हुन्छ । चलचित्र हेर्न हलमा पनि जानु हुँदैन । स्वाइन फ्लु भएका केबल ५ देखि ६ जना व्यक्ति मात्र उपचारका लागि अस्पतालमा भर्ना हुने गरेका छन् । अरु मानिसको घरमै उपचार गर्न सकिन्छ । तर, कुनै पनि औषधि सेवन गर्नुअघि चिकित्सकको सल्लाह लिनै पर्दछ ।”

वि.सं.२०७५ कात्तिक १५ बिहीवार १४:५३ मा प्रकाशित

सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि चीनले अमेरिकासँग सहकार्य गर्न तयार : चिनियाँ उपराष्ट्रपति

सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि चीनले अमेरिकासँग सहकार्य गर्न तयार : चिनियाँ उपराष्ट्रपति

वासिङ्टन । चीनका उपराष्ट्रपति हान झेङले चीन र अमेरिकाबीचको द्विपक्षीय...

बन्धकको सूची ‘कुनै पनि क्षण’ दिइनेछ : हमास

बन्धकको सूची ‘कुनै पनि क्षण’ दिइनेछ : हमास

कायरो । प्यालेष्टिनी इस्लामी समूह (हमास)ले युद्धविराम सम्झौता अनुसार पहिलो...

दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतका विषयमा भएको सुनुवाईमा सहभागी

दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतका विषयमा भएको सुनुवाईमा सहभागी

सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई थप २०...

सपिङ मलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको आशङ्का

सपिङ मलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको आशङ्का

जकार्ता । इन्डोनेसियाको जाकार्ता शहरको एक सपिङ मलमा बुधबार साँझ...

म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु

म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु

  याङ्गुन । उत्तरी म्यानमारको कचिन राज्यमा एक जेड खानीमा...

बलिउड अभिनेता खान छुरा प्रहारबाट घाइते

बलिउड अभिनेता खान छुरा प्रहारबाट घाइते

मुम्बई । बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार हुँदा...