back
CTIZAN AD

नयाँ मुलुकी संहिता लागु भएसँगै सम्बन्धविच्छेदका मुद्दा बढे

वि.सं.२०७५ कात्तिक १५ बिहीवार

714 

shares

१५ कात्तिक, लमजुङ । गत भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी संहितासँगै जिल्ला अदालत लमजुङमा सम्बन्धविच्छेदको माग गर्दै मुद्दा दर्ता गर्नेको सङ्ख्या बढेको छ । करीब तीन महिनाको अवधिमा ३७ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माले बताए ।

भदौ १ देखि पुरुषले पनि सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पाउने प्रावधानसहितको संहिता लागू भए पनि अदालतमा दर्ता भएका मुद्धामा पुरुष भन्दा महिलाको सङ्ख्या दोव्बर बढि छ । स्रेस्तेदार शर्माका अनुसार २६ महिला र ११ पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् । जसमा १४ महिलाले दर्ता गरेको मुद्दामा मिलापत्र गरिएको छ । पुरुषले दर्ता गरेको एउटा मुद्दा फिर्ता भएको छ ।

सम्बन्धविच्छेदका लागि विशेषगरी लाउन–खान नदिएको, अवैध सम्बन्ध राखेको र सम्पत्ति हिनामिना गरेको लगायतका आरोपमा अदालत आउने गरेका छन् । पारिवारिक असमझदारी, वैदेशिक रोजगार, हतारको निर्णय, प्रेम विवाह र नयाँ पुस्ता स्वतन्त्र रूपमा रहन चाहनु नै सम्बन्धविच्छेदका प्रमुख कारण रहेको अदालतका स्रेस्तेदार शर्माले बताए । गत आवमा १५१ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । तीमध्ये १३३ मुद्दा फछ्र्यौट भएको थियो ।

वि.सं.२०७५ कात्तिक १५ बिहीवार १७:३७ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...