back
CTIZAN AD

भारतीय फूल विस्थापन गर्न चाहन्छन् तिलोत्तमाका महिलाहरु

वि.सं.२०७५ कात्तिक १५ बिहीवार

741 

shares

१५ कात्तिक, भरत केसी,बुटवल । फूलैफूलले सिङ्गारिने पर्व तिहार नजिकिँदै गर्दा रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं ३ का देवी वाग्लेलाई फूल फुलाउन, माला उन्न र फुलेका फूल टिपेर बजार पु¥याउन भ्याइनभ्याई छ । तिहारका लागि आवश्यक पर्ने फूल तथा माला तयार गर्न उनी सँगसँग व्यावसायिक फूल खेतीमा लागेका अन्य महिलाहरु बिहानदेखि दिनभरि नै ब्यस्त रहन्छीन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १६ मधवलियामा जग्गा भाडामा लिएर वाग्लेलगायत ८ जना महिलाको समूहले तिलोत्तमा सहकदम कृषि समूह स्थापना गरेर यसवर्षदेखि एक बिघा क्षेत्रफलमा पुष्प खेती शुरु गरेका छन् ।

समूहमा रहेका आठै जना महिला कृषि ब्यवसायमा नितान्त नौलो छन् । उनीहरुलाई तिहार तथा अन्य महत्वपूर्ण कार्यक्रममा अत्यधिक रुपमा भारतीय फूल तथा माला प्रयोग हुने र आयातित भारतीय मालाले शरीरमा लगाएका कपडासमेत बिगार्ने देखेपछि फूल खेतीको सोच आएर शुरु गरिएको वाग्ले बताउछन् ।

उनका अनुसार फूल खेती गर्ने योजनासहित संरचना बनाएर गत भदौमा चितवन र काठमाडाँैबाट बिरुवा मगाइयो र यस वर्ष मात्र झण्डै १५ हजार बिरुवा रोप्ने काम भयो ।

हिन्दूहरुको पर्व तिहार शुरु हुन अब करीब एक साता मात्र बाँकी छ । तिहारका लागि फूल टिप्ने र माला उन्ने कामका लागि समूहका सबै महिला थप ब्यस्त हुनुपरेको समूहका अध्यक्ष समेत रहेका वाग्ले बताउछीन् । “तिहार नजिकियो, भर्खरै मात्र मालाको माग आएकाले समूहका सबैजना फूल टिप्न व्यस्त छौं,” उनले भनिन् । तिहारमा मात्रै दुई हजारदेखि दुई हजार ५०० थान माला बिक्री हुने अपेक्षा गरेका छन् । मालाको मूल्य भने अहिले नै यकिन गर्न नसकिने उहाँको बुझाइ छ । “हेरौं बजारको मूल्य कसरी तय हुन्छ, हामीले पनि त्यसै अनुसार मूल्य तोक्नुपर्छ,” उनले भनिन् ।
तिहारमा मात्रै लाखाँैका फूल आयात गर्न भारतीय बजार पुग्ने अवस्थामा स्थानीय बाँझो जग्गामा व्यावसायिक फूल खेती थाल्नु उपयुक्त नै होला भनेर खेती शुरु गरिएको र पहिलो पटकको व्यापारलाई हेरेर भविष्यमा फूलको व्यावसायिक खेती बढाउने योजना बनाएको उनी बताउछीन् ।

भारतबाट आएका फूलको माला अहिले बिक्री हुँदै आए पनि स्थानीय उत्पादनमा जोड दिइए र उत्पादन लागत कम गर्न सकिए भारतीय फूलको बजारलाई विस्थापन गर्न सकिने द्विविधा छैन । तर, स्थानीय उत्पादनको निरन्तरता, त्यसको बजारीकरण र बढी लागत चुनौतीका रुपमा रहेका छन् ।

तिहारमा मात्र नभएर बुटवल, भैरहवालगायत ग्रामीण क्षेत्रमा हुने मेला, महोत्सव र कार्यक्रमहरुमा मालाको प्रयोग अत्यधिक हुने गरेकाले आफूहरुको उत्पादनले बजारमा रामै्र स्थान पाउने उनको विश्वास छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाकै ड्राइभर टोलमा रहेको गुप्ता नर्सरीमा यतिबेला तिहारका लागि भनेर ढकमक्क फुलेका सयपत्री फूलका बिरुवा किन्नेको भीड नै देख्न पाइन्छ ।

गुप्ता नर्सरीले यस क्षेत्रमा व्यावसायिक नर्सरी खेती थालेको झण्डै चार दशक भन्दा बढी भयो । उक्त नर्सरीमा विभिन्न प्रजातिका सदाबहार तथा मौसमी फूल र फलफूलको व्यावसायिक खेती राम्रोसँग मौलाएको छ । उक्त नर्सरीको विभिन्न स्थानमा गरेर अहिले झण्डै ५ बिघा क्षेत्रफलमा फूल खेती हुने गरेको नर्सरीका सञ्चालक सुरेश गुप्ता बताउछीन् ।

उनको अनुभवमा तिहार तथा मेला महोत्सवका बेला मौसमी फूलहरुको अत्यधिक माग हुने गर्छ । सयपत्री, गोदावरीलगायतका फूल मात्रै हैन बिरुवासमेत राम्रै बिक्री हुने गरेको छ ।

रुपन्देही क्षेत्रमा तिहारका बेला मात्रै भारतीय बजारबाट नेपालमा लाखौं रुपैयाँको फूल तथा फूलका माला आयात हुने गरेको छ । यस बाहेक विवाह तथा मेला महोत्सवका अवसरमा सजाउनका लागि विभिन्न प्रकारका फूल तथा माला, फूलका गुच्छाहरु आयात हुने गरेको रुपन्देहीमा लामो समयदेखि नर्सरी व्यवसाय गर्दै आएको रमेश पाण्डे बताउछन् ।

तिहारका बेला रुपन्देहीमा खपत हुने फूल र मालामध्ये स्थानीय र पाल्पा जिल्लाबाट आउनेको हिस्सा करीब २५ प्रतिशत रहने अनुमान छ । बाँकी सबै भारतीय बजारबाटै आउने गरेको उनी बताउछीन्

भारतीय उत्पादनमा निर्भर नेपालको फूल तथा फूलजन्य बजारलाई विस्थापन गर्न प्रदेश ५ सरकारले चालु आर्थिक वर्षमा पुष्प उत्पादनलाई प्रोत्साहन दिन अनुदानका लागि रु १ करोड विनियोजन गरेको छ । अब छिट्टै नै प्रस्ताव आह्वान गरेर पुष्प खेतीमा लाग्न चाहने व्यवसायीहरुलाई छनौट गरी अनुदान वितरण गरिने प्रदेश सरकारका कृषि, सहकारी तथा भूमि व्यवस्था सचिव याम नारायण देवकोटा बताउछन् ।

उनी भन्छन् – “अनुदानका लागि छिट्टै नै प्रस्ताव माग्छौं र तिहार लगत्तै पाँच किसानलाई छनोट गरेर रु २० लाख अनुदान वितरण गर्दैछौं ।”

वि.सं.२०७५ कात्तिक १५ बिहीवार १७:४५ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...