१८ कात्तिक, काभ्रे । काभ्रे पनौती नगरपालिकाका मेयर भीम न्यौपाने सुत्केरी भैसी हेर्न खर्च बोकेर गोठ–गोठ पुग्ने गरेका छन् । भैसीपालक किसानलाई प्रोत्साहन गर्न नगरले भैसीका पाडा पाडी दर्ता अभियान पनि थालेको छ ।
व्यवसायिक पशुपालनमा किसानलाई प्रोत्साहित गर्न नगरपालिकाले भैसी सुत्केरी खर्च उपलब्ध गराउन थालेको मेयर न्यौपानेले जानकारी दिएको आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
‘किसानलाई भैसी पालनमा आकर्षित गरी आत्मनिर्भर बनाउन भैसी सुत्केरी भत्ता कार्यक्रम सुरु गरेका हौं,’ उनले भने । भैसी सुत्केरी भत्ता वितरण गर्न नगरले चालु आर्थिक वर्षमा ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । भैसी सुत्केरी भत्ता वापत पाँच हजार रुपैयाँ उपलब्ध गराइनेछ ।
वि.सं.२०७५ कात्तिक १८ आइतवार ०८:०३ मा प्रकाशित