
१८ कात्तिक, वीरगन्ज । दसैंतिहार र छठ पर्वलाई लक्ष्य गरी वीरगन्ज नाकाबाट चार करोड २० लाख रुपैयाँ भन्दा बढीको स्याउ र केरा आयात भएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १५ सम्म भारतबाट वीरगन्ज हुँदै दुई करोड ८२ लाख ४७ हजार रुपैयाँको ६ लाख १३ हजार केसी स्याउ र एक करोड ३८ लाख ४८ हजारको केरा भित्रिएको छ । २०७४÷०७५ को सोहि अबधिमा वीरगन्ज नाका हुँदै चार करोड ७५ लाख ७६ हजारको १८ लाख १४ हजारको स्याउ र केरा भारतबाट आयात भएकोे आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
वि.सं.२०७५ कात्तिक १८ आइतवार ०८:३७ मा प्रकाशित




























