१८ कात्तिक, काठमाडौं । भारतका जुनसुकै अन्तराष्ट्रिय विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जाने नेपालीले भारतीय अध्यागमनमा अनिवार्य रुपमा नो अब्जेक्सन सटिर्फिकेट ( एनओसी) पेस गर्नुपर्ने भएको छ । नेपाली महिलालाई अबैध रुपमा खाडी जान रोक्ने उद्धेश्यले दुई देशको सहमतिमा करिब डेढ बर्षअघि एनओसीको नीति लागू गरिएको थियो । तर, भारतले सबै देश जाने नेपालीले यस्तो कागज माग्न थालेपछि यात्रुलाई सास्ती भएको छ ।
सरकारले श्रमको इजाजत नदिएका लिविया, सिरिया, लेबनान, कुवेत, कतार, साउदी अरब, युनाइटेड अरब इमिरेट्स, इराक र ओमनमा नेपाली महिला अवैध रुपमा जाने र अलपत्र पर्ने भएपछि यस्तो रोक्नका लागि एनओसी पेस गर्नुपर्ने नियम लागु भएको थियो । आजको नयाँपत्रिका दैनिकबाट
वि.सं.२०७५ कात्तिक १८ आइतवार ०८:४५ मा प्रकाशित