back
CTIZAN AD

पहिलो पल्ट अन्तर्राष्टिय प्रतियोगितामा नेत्रहीन महिला क्रिकेट टोली

वि.सं.२०७५ कात्तिक १८ आइतवार

666 

shares

१८ कात्तिक, चिप्लेढुङ्गा । नेत्रहीन क्रिकेट सङ्घ नेपालको महिला टोली पहिलो पल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएको छ । आगामी जनवरी २६ देखि फेब्रुअरी ४ सम्म पाकिस्तानमा हुनगइरहेको अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट प्रतियोगिता नेपालका दृष्टिविहीन महिला क्रिकेटर सहभागी हुने भएको हो । सो प्रतियोगिताका लागि नेपालबाट १५ जना दृष्टिविहीन महिला छनोट भएका छन् ।

प्रतियोगितामा सहभागिताका लागि कात्तिक १३ देखि १५ सम्म काठमाडौँमा छनोट प्रतियोगिताको आयोजना गरिएको थियो । वरिष्ठ क्रिकेट प्रशिक्षकद्वय अरुण अर्यालको संयोजकत्वमा, सुनोज भट्टराई र नेत्रहीन क्रिकेट अम्पायरद्वय नहेन्द्र निरौला र गीता रेग्मीको छनोट समितिले १५ जना खेलाडी छनोट गरेको हो । सो प्रतियोगिताका लागि नेपालबाट १५ जना दृष्टिविहीन महिला त्रिकेटरको सहभागी हुन लागेको कार्यक्रम संयोजक निरोज गिरीले जानकारी दिए ।

छनोट भएका खेलाडीमा आशा रेग्मी, रीता थापा, हीता गुरुङ, मुना अर्याल, सुष्मा तामाङ, सरिता घिमिरे, आयुष्मा क्षेत्री, भगवती अमगाई, मनकेशी चौधरी, विमला राई, मीना क्षेत्री, आशिका चौधरी, विनिता पुन, भगवती भट्टराई, गीता पौडेल रहेका छन् ।

विश्वमा नेत्रहीन महिला क्रिकेटको सुरुवात गर्ने नेपाल पहिलो देश हो । सन् २००६ देखि नै नेपालमा नेत्रहीन महिलाको क्रिकेट सुरुवात भएको थियो । सन् २०१४ मा पहिलो पल्ट नेपालमा आयोजना भएको प्रतियोगितामा नेपालले युकेको टोलीलाई पराजित गरेको थियो ।

वि.सं.२०७५ कात्तिक १८ आइतवार १०:३२ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...