back
CTIZAN AD

विश्वकप प्याराग्लाइडिङ प्रतियोगितामा कोरिया पहिलो, नेपाल पाँचौँ

वि.सं.२०७५ कात्तिक १८ आइतवार

894 

shares

१८ कात्तिक, स्याङ्जा । स्याङ्जाको भिरकोट नगरपालिका वडा नं ५ महापुर स्वरेक मैदानमा सञ्चालित प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगितामा शनिबार भएको प्रतिस्पर्धामा कोरियाली खेलाडीले आफ्नो वर्चस्व जमाउन सफल भएका छन् ।

अन्य देशका खेलाडीलाई पछि पार्दै एकल र समूह गतका साथै महिला विधामा समेत कोरियाली खेलाडीले शनिबार भएको खेलमा अग्रता लिँदै आफ्नो वर्चस्व जमाउन सफल भएका हुन् ।

एकलतर्फ १० अङ्क प्राप्त गरी कोरियाली खेलाडी स्यानग्यु लिम पहिलो भएका छन् भने कोरियाकै किम कि हियोन ११ अङ्क प्राप्त गरी दोस्रो भएका छन् । नेपालका युकेश गुरुङ २८ अङ्क प्राप्त गरी १०औँ स्थानमा पर्न सफल भएका छन् । समूहगत खेलमा समेत कोरियाली समूह गिनग्लाइडर्स र दभिन्ची पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

नेपाली समूह नेपाल एक तेस्रो स्थानमा रहेको छ । महिला विधामा समेत पहिलो दोस्रो र तेस्रो स्थानमा कोरियाली खेलाडी रहेका छन् । नेपाली खेलाडी तृषा श्रेष्ठ वमजन महिला विधातर्फ पाँचौँ स्थानमा पर्न सफल भएका छन् ।

प्रतियोगितामा सहभागी खेलाडीहरु स्वरेक मैदानमा उडान गरी डौवा फाटमा अवतरण गरेका छन् । बिहीबारदेखि शुरु भएको प्रतियोगिताको आइतबार वालिङ– ११ डौवा फाँटमा समापन गरिने छ ।

वि.सं.२०७५ कात्तिक १८ आइतवार १०:३७ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी । प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि...