back

विश्वकप प्याराग्लाइडिङ प्रतियोगितामा कोरिया पहिलो, नेपाल पाँचौँ

वि.सं.२०७५ कात्तिक १८ आइतवार

522 

shares
GLOBAL IME AD
NTC AD

१८ कात्तिक, स्याङ्जा । स्याङ्जाको भिरकोट नगरपालिका वडा नं ५ महापुर स्वरेक मैदानमा सञ्चालित प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगितामा शनिबार भएको प्रतिस्पर्धामा कोरियाली खेलाडीले आफ्नो वर्चस्व जमाउन सफल भएका छन् ।

अन्य देशका खेलाडीलाई पछि पार्दै एकल र समूह गतका साथै महिला विधामा समेत कोरियाली खेलाडीले शनिबार भएको खेलमा अग्रता लिँदै आफ्नो वर्चस्व जमाउन सफल भएका हुन् ।

एकलतर्फ १० अङ्क प्राप्त गरी कोरियाली खेलाडी स्यानग्यु लिम पहिलो भएका छन् भने कोरियाकै किम कि हियोन ११ अङ्क प्राप्त गरी दोस्रो भएका छन् । नेपालका युकेश गुरुङ २८ अङ्क प्राप्त गरी १०औँ स्थानमा पर्न सफल भएका छन् । समूहगत खेलमा समेत कोरियाली समूह गिनग्लाइडर्स र दभिन्ची पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

नेपाली समूह नेपाल एक तेस्रो स्थानमा रहेको छ । महिला विधामा समेत पहिलो दोस्रो र तेस्रो स्थानमा कोरियाली खेलाडी रहेका छन् । नेपाली खेलाडी तृषा श्रेष्ठ वमजन महिला विधातर्फ पाँचौँ स्थानमा पर्न सफल भएका छन् ।

प्रतियोगितामा सहभागी खेलाडीहरु स्वरेक मैदानमा उडान गरी डौवा फाटमा अवतरण गरेका छन् । बिहीबारदेखि शुरु भएको प्रतियोगिताको आइतबार वालिङ– ११ डौवा फाँटमा समापन गरिने छ ।

वि.सं.२०७५ कात्तिक १८ आइतवार १०:३७ मा प्रकाशित

पर्यटकका रोजाइमा ‘तुवाचुङ मिनी ग्रेटवाल’

पर्यटकका रोजाइमा ‘तुवाचुङ मिनी ग्रेटवाल’

खोटाङ । तुवाचुङ-जायजुममा निर्माण गरिएको पदमार्ग पर्यटकका लागि आकर्षणको केन्द्र...

‘ग्रेटर मुन्दुम’ पदमार्गको काम सुरु

‘ग्रेटर मुन्दुम’ पदमार्गको काम सुरु

भोजपुर । भोजपुरमा ग्रेटर मुन्दुम पदमार्ग विस्तारको काम अघि बढेको...

पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै ‘छिल्लीकोट’

पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै ‘छिल्लीकोट’

तुलसीपुर (दाङ) । पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा पछिल्लो समय...

चरा अवलोकन गर्नेको गन्तव्यका रुपमा विकसित हुँदै पुरैनी ताल

चरा अवलोकन गर्नेको गन्तव्यका रुपमा विकसित हुँदै पुरैनी ताल

कञ्चनपुर । बेलौरी नगरपालिका-६ भुराकोटस्थित पुरैनी ताल चरा अवलोकन गर्नेको...

प्रकृति र संस्कृतिलाई नजिकबाट हेर्ने र बुझ्ने थलो सिक्लेस

प्रकृति र संस्कृतिलाई नजिकबाट हेर्ने र बुझ्ने थलो सिक्लेस

वासुदेव पौडेल/गण्डकी । वरिपरिबाट जङ्गलले घेरिएको गुजुमुज्ज परेको बस्ती, ढुङ्गैढुङ्गाले...

प्रचारप्रसारको अभावमा सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल ओझेलमा

प्रचारप्रसारको अभावमा सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल ओझेलमा

कञ्चनपुर । कञ्चनपुरको चुरे पर्वत शृङ्खलाको घना वन क्षेत्रको बिचमा...