back
CTIZAN AD

सानो स्रोतबाट अमेरिकामा गर्न सकिन्छ यी व्यवसायहरु

वि.सं.२०७५ कात्तिक १८ आइतवार

666 

shares

सानुबाबु सिलवाल, अमेरिका

 

नेपालिहरुको  सहज र इजि एक्सेसको ब्यबसायको रुपमा रेष्टुरेन्ट ब्यबसाय पनि पर्दछ​। केहि बर्षको आफ्नो अनुभव​, केहि सिड मनि र साझेदारिमा समेत मिलेर नेपालिहरुले गर्दै आइरहेको ब्यबसायको रुपमा पर्दछ यो ब्यबसाय अमेरिकामा। न्युयोर्क​, क्यालिफोर्निया, टेक्सास​, कोलोराडो, बाल्टिमोर​, कनेक्टिकट​, बोस्टन​, डिसि, सियाटल लगायतका नेपालिहरुको बाहुल्यता रहेका राज्यहरुमा यो ब्यबसायमा नेपालिहरुको सम्लग्नता सक्रिय रुपमा रहेको छ​। नेपालि खाना र मुलत इन्डियन खानाको रुपमा सन्चालन गरिदै आएका नेपालिहरुद्वारा सन्चालित रेष्टुरेण्टमा लगानि, रोजगारिको सख्यात्मकतालाइ हेर्ने हो भने ठुलै छ अमेरिकामा।

अमेरिकामा नेपालिहरुको हुर्किरहेको सहज ब्यबसाय भनेकै पेट्रोल स्टेशन​, नेल​, सैलुन​, स्पा, ब्युटिपार्लर​, फास्टफुड, रेष्टुरेन्ट​, ग्रोसरि स्टोर​, होलसेल पसल हुन भनेर भन्दा भयो। यसको अलावा अरु ब्यबसाय पनि छन जुन नगन्य छन​। आयातनिर्यात​, ल फर्म​, ट्याक्सि, निर्माण​, खुद्रा पसल​, कन्सल्टेन्सि, अटो, ट्राभल एजेन्सि एजेन्ट​, मोटेल​, होटेल लगायत अन्य पनि नभएका होइनन ब्ययबसायका नाममा तर नगन्य छन अर्थात थोरै छन यस क्षेत्रमा। सानै स्रोतबाट लगभग ५ हज्जार डलर देखि गर्न सकिन्छ नेल​, ब्युटिपार्लर सानै ठाउँबाट शुरु गर्न सकिने ब्यबसाय हो भनेर भन्दा भयो।

अमेरिकामा भाषागत दक्षताको अभाबमा, ठुलै डलरको स्रोत बिनै, सानै मानवस्रोतबाट एक्लै वा थोरै सख्याबाटै शुरु गर्न सकिने ब्युटिपार्लर नेल​, स्पा, सैलुनमा मनग्गे सख्यामा नेपालि दिदिबहिनि दाजुभाइहरु सम्लग्न छन अमेरिकामा। नेपालबाटै काम सिकेर आउदा, केहि महिनाकै सामान्य तालिमबाटै गर्न सकिने यो काम प्राप्त गर्न सहज पनि त्यत्तिकै छ​। केहि समयको कामको अनुभवबाट आफैले आफ्नै सानै स्रोतमा ब्युटिपार्लको ब्यबसाय गर्ने महिला दिदिबहिनिहरु प्रशस्तै भैसकेका छन र ठाउ र स्थान पायक परिदियो भने कमाइ पनि उत्तिकै र कम खर्च र बढि नेट मुनाफाको रुपमा चर्चित छ यो ब्यबसाय अमेरिकामा। ठाउ नपर्दा, धैर्यता नहुदा र प्रतिस्पर्धाका कारण ब्यबसाय डुबाउनेहरु पनि प्रशस्तै छन तर अधिकाश महिला दिदिबहिनिहरुको श्रम र कमाइको गतिलै पहुचको रुपमा ख्याति कमाएको नेल र ब्युटिपार्लरमा हज्जारौ सख्यामा नेपालि दिदिबहिनि दाजुभाइहरु सम्लग्न छन अमेरिकामा।९यस सम्बन्धि बिशेष लेख केहि समय पछि लेख्ने जमर्को गर्दैछु।

त्यस्तै पेट्रोल स्टेशन कन्भिनियन्स स्टोरको ब्यबसायमा लगानि ठाउ, त्यसले गर्ने ब्यबसायको गुडविल​, साइज र ग्राहकको मुभमेन्टको आधारमा मुल्य फरक फरक पर्ने भ​एता पनि ब्युटिपार्लर भन्दा बढि नै पर्दछ यसको मुल्य चाहि। निम्नतम ५० हज्जार देखि लाखौ लाख डलर पर्ने हुन्छ पेट्रोल स्टेसनको मुल्य अमेरिकामा र खटाइ एबम स्ट्रेस पनि त्यत्तिकै अन्य ब्यबसाय भन्दा। तर​, ब्यबसायका निमित्त सहज पहुच​, केहि बर्षको अनुभव भ​ए यस ब्यबसाय सन्चालनका लागि हुने सहजताका कारण केहि सिड मनिको जोहो गरि यो ब्यबसाय सन्चालन गर्न त्यत्तिकै सजिलो छ। हज्जारौ हजार नेपालिहरु यस ब्यबसाय सन्चालन र श्रममा सम्लग्न छन अमेरिकामा। यस ब्यबसाय मार्फत मिलियन मिलियन डलरको लगानि,हज्जारौ हज्जार रोजगारि र लाख लाख कर सिर्जना गरिरहेका छन अमेरिकामा नेपालि दाजुभाइ दिदिबहिनिहरुले यस ब्यबसाय मार्फत​। बिना सिड मनि, बिना अनुभब​, बिना परिश्रमै र लगाव​, बिना कमनसेन्स यो ब्यबसायमा सफलता प्राप्त चाहि गर्न सकिदैन​। मतलब त्यति सहज छैन यो ब्यबसाय मार्फत आर्थिक समुन्नतिका निमित्त​।

नेपालिहरुको  सहज र इजि एक्सेसको ब्यबसायको रुपमा रेष्टुरेन्ट ब्यबसाय पनि पर्दछ​। केहि बर्षको आफ्नो अनुभव​, केहि सिड मनि र साझेदारिमा समेत मिलेर नेपालिहरुले गर्दै आइरहेको ब्यबसायको रुपमा पर्दछ यो ब्यबसाय अमेरिकामा। न्युयोर्क​, क्यालिफोर्निया, टेक्सास​, कोलोराडो, बाल्टिमोर​, कनेक्टिकट​, बोस्टन​, डिसि, सियाटल लगायतका नेपालिहरुको बाहुल्यता रहेका राज्यहरुमा यो ब्यबसायमा नेपालिहरुको सम्लग्नता सक्रिय रुपमा रहेको छ​। नेपालि खाना र मुलत इन्डियन खानाको रुपमा सन्चालन गरिदै आएका नेपालिहरुद्वारा सन्चालित रेष्टुरेण्टमा लगानि, रोजगारिको सख्यात्मकतालाइ हेर्ने हो भने ठुलै छ अमेरिकामा। यसको अलावा नेपालिहरुले मेक्सिकन, अमेरिकन रेष्टुरेण्टहरु पनि सन्चालनमा ल्याएका छन​। थोरै सख्यामा मात्र आर्थिक सफलता प्राप्त गरेका छन नेपालिहरुले अमेरिकामा भने धेरै जसो मात्र सर्भाइभर छन​। फुडको ब्यबसाय धेरै सेन्सेटिभ छ अमेरिकामा कानुनि रुपमा र अमेरिकन ग्राहकहरुको नजरमा। तर​, स्थान लोकेसन राम्रो परिदियो, लगानि एबम काम गर्ने मानिसहरुको समन्वय र ब्यबस्थापन भयो, खानाको गुणस्तरियता ब्रान्ड स्थापित हुन सकेमा कमाइ गतिलै हुने गर्दछ यस ब्यबसायमा तर कमाउने भन्दा यस ब्यबसायमा डुबाउने नै अधिक छन​।

अमेरिकामा नेपालिहरुको अर्को फस्टाएको ब्यबसाय भनेको कानुनि ल फर्म पनि हो। इमिरिग्रेसनको क्षेत्रमा नै अधिकतम नेपालि वकिलहरुको बाहुल्यता रहेको सोझासादा नेपालिहरु देखि सबै तहका अध्यागमन सम्बन्धि इस्युहरुको नाममा डलर राम्रै कमाइ हुने गरेको छ​। काम सम्पन्न भ​ए थप शुल्क पडकाउने, काम सम्पन्न नभ​ए झुलाउदै थप कमाउनमा तल्लिन हुने हुदा कमाइ राम्रै हुने गर्दछ यो ब्यबसायमा।

त्यसैगरी ट्याक्सि, होलसेल​, आयातनिर्यात​, निर्माण, एकाउन्टिङ्ग, आइटी, कन्सल्टेन्सिहरुबाट पनि मनग्गे कमाइ छ नेपालिका अमेरिकामा। यि ब्यबसाय अधिकतम समय सिजनल हुनेहुदा कमाइको नियमिता नभ​ए पनि राम्रै कमाइ गर्दै छन यि ब्यबसायको क्षेत्रमा।

बर्षौ बर्ष श्रम गरि आर्जित सिड मनि आफ्नो साहु आफै बनि आर्थिक समुन्नतिमा नेपालिहरुको अग्रसरतालाइ अमेरिकि अबसरको भुमिमा राम्रै उपस्थिति र औधि शुभ स​केतको रुपमा लिन सकिन्छ​।

वि.सं.२०७५ कात्तिक १८ आइतवार १०:३८ मा प्रकाशित

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

ट्रेड युनियन  अधिकारका सन्दर्भमा :  वर्तमान सरकार गठन भएको १...

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

रामजनम तिवारी नेपालको मधेसी अधिकार आन्दोलनका आरम्भिक र मौलिक चिन्तकहरूमध्ये...

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बुद्धधर्म ज्ञान र ध्यानको धर्म हो । बुद्ध कर्ममाविश्वास गर्छन्...