२४ कात्तिक, बेरुत । सिरियाको सरकारी सुरक्षाकर्मीहरूको आक्रमणमा परी शुक्रबार कम्तीमा २३ जना लडाकू मारिएका छन् ।
जैशा अल इज्जा नामक विद्रोही समूहको नियन्त्रणमा रहेको इड्लीब प्रान्तको एउटा ठाउँमा भएको घटनामा उनीहरूको मृत्यु भएको हो ।
सिरियाली अब्जरभेटरी फर ह्युमन राइटस्का अधिकारीहरूले त्यस क्षेत्रलाई आफ्नो नियन्त्रणमा फर्काउन सरकारी सेनाले आक्रमण गरेको बताएका छन् ।
इड्लीब र त्यस वरीपरीका क्षेत्रहरू पछिल्लो समय मुख्य विद्रोही समूहको प्रभावमा रहेको समाचारमा जनाइएको छ ।
रुसको समर्थन रहेको सिरियाको अहिलेको सरकारले विद्रोहीको नियन्त्रणमा रहेका कतिपय ठाउँहरूलाई पछिल्लो समय आफ्नो नियन्त्रणमा लिन सफल भएको छ ।
सिरियामा सन् २०११ देखि गृहयुद्व चलिरहेको छ । यसबाट अहिलेसम्म लाखौँको मृत्यु भएको छ भने दशौँ लाख विस्थापित भएका छन् ।
वि.सं.२०७५ कात्तिक २४ शनिवार ०९:५९ मा प्रकाशित






























