back

बंगलादेश र जिम्बाबेबीच दोस्रो टेस्ट शुरु, अफ्रिकाको ३२१ रनको लक्ष्य

वि.सं.२०७५ कात्तिक २५ आइतवार

312 

shares
GLOBAL IME AD
NTC AD

२५ कात्तिक, ढाका ।बंगलादेश र जिम्बाबेबीचको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट आजदेखि ढाकास्थित शेर–ए–बाङ्ला रंगशालामा शुरु भएको छ । बंगलादेशका कप्तान महमुल्लाह रिजादले टस जिती पहिले ब्याटिङ रोजेका छन् ।

यसअघि गत साता सिल्हेटमा भएको पहिलो टेस्टमा जिम्बाबेले बंगलादेशलाई १५१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

बंगलादेशले दोस्रो टेस्टका लागि तीन जना खेलाडी परिवर्तन गरेको छ । बंगलादेशी टिममा कप्तान रियादसहित लिटोन दास, इमरुल कायेस, मोमिनुल हक, मोहम्मद मिथुन, मुस्ताफिजुर रहिम, अरिफुल हक, मेहिदी हसन, ताइजुल इस्लाम, खालिम अहमद र मुस्ताफिजुर रहमान रहेका छन् ।

जिम्बाबेका तर्फबाट कप्तान ह्यामिल्टन मासाकाड्जा, ब्रायन चारी, ब्रेन्डन टेलर, सिन विलियम्स, सिकन्दर रजा, पिटर मूर, रेजिस चाकाबभा, ब्रेन्डोन माभुता, डोनाल्ड टिरिपानो, काइल जार्भिस र टेन्डाई चतारा रहेका छन् ।

पहिले ब्याटिङ गरिरहेको बंगलादेशले ५५ ओभरमा तीन विकेट गुमाएर १९४ रन बनाएको छ । बंगलादेशका लागि मोमिनुल हकअविजित १०४ रन बनाएर क्रिजमा छन् ।

अस्ट्रेलिया–दक्षिण अफ्रिका एक दिवसीय

अस्ट्रेलियाको होबार्टमा जारी तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै अस्ट्रेलियासामु जितका लागि ३२१ रनको विशाल लक्ष्य दिएको छ ।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि फाफ डु प्लेसिसले व्यक्तिगत १२५ रन र डेभिड मिलरले १३९ रनको योगदान गरेका थिए ।

अहिले ब्याटिङ गरिरहेको अस्ट्रेलियाले ११ ओभरमा तीन विकेटको क्षतिमा ४० रन मात्र बनाएको छ । खेल जारी छ ।

यसअघिका दुइवटा एकदिवसीय खेलमा दुवैले एकएक खेल जितेका छन् ।

वि.सं.२०७५ कात्तिक २५ आइतवार १६:४५ मा प्रकाशित

तालिबान प्रतिनिधिमण्डल जापानको यात्रामा

तालिबान प्रतिनिधिमण्डल जापानको यात्रामा

काबुल । तालिबान सरकारको एक प्रतिनिधिमण्डलले सोमबार पहिलो पटक जापानको...

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

बुटवल । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच...

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स...

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप र चीनको चेतावनीका...

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

सान फ्रान्सिस्को । गुगलले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको...

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

सियोल । दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र...