back
CTIZAN AD

बंगलादेश र जिम्बाबेबीच दोस्रो टेस्ट शुरु, अफ्रिकाको ३२१ रनको लक्ष्य

वि.सं.२०७५ कात्तिक २५ आइतवार

600 

shares

२५ कात्तिक, ढाका ।बंगलादेश र जिम्बाबेबीचको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट आजदेखि ढाकास्थित शेर–ए–बाङ्ला रंगशालामा शुरु भएको छ । बंगलादेशका कप्तान महमुल्लाह रिजादले टस जिती पहिले ब्याटिङ रोजेका छन् ।

यसअघि गत साता सिल्हेटमा भएको पहिलो टेस्टमा जिम्बाबेले बंगलादेशलाई १५१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

बंगलादेशले दोस्रो टेस्टका लागि तीन जना खेलाडी परिवर्तन गरेको छ । बंगलादेशी टिममा कप्तान रियादसहित लिटोन दास, इमरुल कायेस, मोमिनुल हक, मोहम्मद मिथुन, मुस्ताफिजुर रहिम, अरिफुल हक, मेहिदी हसन, ताइजुल इस्लाम, खालिम अहमद र मुस्ताफिजुर रहमान रहेका छन् ।

जिम्बाबेका तर्फबाट कप्तान ह्यामिल्टन मासाकाड्जा, ब्रायन चारी, ब्रेन्डन टेलर, सिन विलियम्स, सिकन्दर रजा, पिटर मूर, रेजिस चाकाबभा, ब्रेन्डोन माभुता, डोनाल्ड टिरिपानो, काइल जार्भिस र टेन्डाई चतारा रहेका छन् ।

पहिले ब्याटिङ गरिरहेको बंगलादेशले ५५ ओभरमा तीन विकेट गुमाएर १९४ रन बनाएको छ । बंगलादेशका लागि मोमिनुल हकअविजित १०४ रन बनाएर क्रिजमा छन् ।

अस्ट्रेलिया–दक्षिण अफ्रिका एक दिवसीय

अस्ट्रेलियाको होबार्टमा जारी तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै अस्ट्रेलियासामु जितका लागि ३२१ रनको विशाल लक्ष्य दिएको छ ।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि फाफ डु प्लेसिसले व्यक्तिगत १२५ रन र डेभिड मिलरले १३९ रनको योगदान गरेका थिए ।

अहिले ब्याटिङ गरिरहेको अस्ट्रेलियाले ११ ओभरमा तीन विकेटको क्षतिमा ४० रन मात्र बनाएको छ । खेल जारी छ ।

यसअघिका दुइवटा एकदिवसीय खेलमा दुवैले एकएक खेल जितेका छन् ।

वि.सं.२०७५ कात्तिक २५ आइतवार १६:४५ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...