back
CTIZAN AD

फ्लोरिडामा पुनःमतगणना, तनाव सिर्जना

वि.सं.२०७५ कात्तिक २५ आइतवार

588 

shares

२५ कात्तिक, टाल्लाहास्सी, फ्लान्डर्स । संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यको सिनेट र गभर्नरको मतगणनाको नतिजा सार्वजनिक भएपनि यहाँ पुनः मतगणना जारी छ ।

अमेरिकी मध्यावधि निर्वाचनमा निकै महत्वका साथ हेरिएको फ्लोरिडाको चुनावमा धाँधली भएको डेमोक्र्याट्स पार्टीले आरोप लगाएको छ ।

फ्लोरिडाको सिनेट र गभर्नरका दुई महत्वपूर्ण पदमा रिपब्लीकन पार्टीका उम्मेदवार झिनो मतान्तरबाट विजयी भएका थिए ।

मियामी–डेड काउन्टीका निर्वाचन पदाधिकारीले शनिबार साँझदेखि मतपत्र स्क्यानिङ गर्न थालिसकेका छन् । दक्षिण फ्लोरिडा काउन्टीमा खसेको आठ लाख मत स्क्यानिङ गर्न केही दिन लाग्नेछ । अमेरिकाकै तेस्रो ज्यादै ठूलो जनसंख्या रहेको फ्लोरिडा राज्यमा त्यस्ता ६७ वटा काउन्टी छन् ।

फ्लोरिडाका विदेश मामिला मन्त्रीले शनिबार यो मतपत्र गणना गर्न आदेश दिनुभएको थियो । यही राज्यमा सन् २००० को राष्ट्रपतीय निर्वाचनमा समेत अन्तिम नतिजा सार्वजनिक गर्न पाँच हप्ता लागेको थियो ।

फ्लोरिडाका ६७ वटा काउन्टीको पुनः मतगणना कहिले सकिन्छ भन्न सकिन्न, तर आगामी बिहीबारसम्म यो कार्य सम्पन्न गरिसक्नु पर्ने निर्वाचन संहितामा उल्लेख छ । टाम्पा बे क्षेत्रका दुई ठूला काउन्टी पाइनल्यास र हिल्सबरोका निर्वाचन अधिकृतले आइतबार बिहानदेखि पुनः मतगणना गर्ने जनाएका छन् ।

अनौपचारिक परिणामले रिपब्लीकन पार्टीका तर्फबाट उम्मेदवार बनेका रोन डेसान्टीसले डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका टाल्लाहासका मेयर एन्ड्रु जिलमलाई शून्य दशमलब पाँच प्रतिशतभन्दा कम मतान्तरले हराएको देखाएका छन् । सिनेटमा पनि रिपब्लीकनका गभर्नर उम्मेदवार रिक स्कटले डेमोक्र्याटिक पार्टीका बिल नेल्सनलाई शून्य दशमलब २५ प्रतिशतले पराजित गरेका छन् ।

राजनीतिक तनावको पृष्ठभूमिमा यो पुनःमतणना हुन लागेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै प्रमाण बेगर नै शनिबार ट्वीट गर्दै निर्वाचनमा धाँधली भएको बताउनुभएको छ । शनिबार ब्रोवार्ड काउन्टीमा भेला भएका प्रदर्शनकारीले विभिन्न साङ्केतिक चिन्ह र भाषा प्रयोग गरी चुनावमा धाँधली भएको जनाएका छन् ।

पुनःमतगणनाको घोषणा भएलगत्तै जिलमले गभर्नरमा पराजित भएको यसअघिको स्वीकारोक्ती फिर्ता लिनुभएको छ । उहाँले भन्नुभयो, “स्पष्ट रुपमा भनौं, म यो पुनःमतगणनाबाट खुशी छु, अब जेजस्तो परिणाम आउँछ त्यसलाई म स्वीकार गर्नेछु ।”

अनौपचारिकरुपमा विजयी घोषित डिसान्टीसले भिडियो सन्देशमा निर्वाचनको मतगणनाको नतिजा स्पष्ट रहेको र त्यसमा कुनै द्विविधा नरहेको दाबी गरेका छन् । उनले आपूm नै राज्यको गभर्नर रहेको र त्यसको तयारीमा आपूm लागिसकेको बताएका छन् । उनले निर्वाचनका सबै प्रक्रियामा अहोरात्र खटिएर कार्य गर्नेहरुप्रति धन्यवाद पनि दिए ।

सिनेटमा विजयी घोषित स्कट र राष्ट्रपति डोनाल्ड ट्रम्प समेतका उहाँका समर्थकले डेमोक्र्याटिक पार्टीतर्फ झुकाव भएको ब्रोवार्ड काउन्टीमा चुनावमा धाँधली भएको आरोप लगाएका छन् । यो काउन्टीमा रिपब्लीकनको झिनो अग्रता मात्र थियो । मतदाता नामावलीमा कुनै गडबडी भएको कुनै प्रमाण भने भेटिएका छैनन् ।

फ्लोरिडाको कानुन कार्यान्वयन विभागले शुक्रबार निर्वाचनमा धाँधली भएको सम्बन्धी कुनै छानबिन अगाडि नबढाएको जनाएको छ ।

वि.सं.२०७५ कात्तिक २५ आइतवार १६:५६ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...