back

प्रहरीद्धारा दुई दर्जन ट्याक्टर नियन्त्रणमा

वि.सं.२०७५ कात्तिक २६ सोमवार

591 

shares

२६ कात्तिक, गाईघाट । उदयपुरमा तिहार समाप्त हुनेबितिकै ट्र«्याक्टर चढेर पिकनिक जाने क्रममा आइतबार उदयपुरको बेलका–८ मा ट्र्याक्टर दुर्घटनामा तीनजनाको मृत्यु र ३४ घाइते भएपछि आजदेखि प्रहरीले उदयपुरमा ट्र्याक्टरमा मान्छे बोकेर पिकनिक लाने र मान्छे चढाएर ओसारपसार गर्ने कार्यमा प्रतिबन्ध लगाएको छ ।

यसै क्रममा आज बिहान प्रहरीले जिल्लाको सदरमुकाम गाईघाट क्षेत्रबाट पिकनिक जान मानिस बोकेर हिँडेको एक दर्जन जति ट्र्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

यसैगरी जिल्लाको त्रियुगा नगरपालिका– २ भुल्केबाट तीन वटा ट्र्याक्टर, देउरी र बगाहा मोतिगडा क्षेत्रबाट सात वटा ट्र्याक्टर, पूर्वी क्षेत्रको बेल्टार बसाहा क्षेत्रबाट छ वटा र कटारी क्षेत्रबाट पनि पिकनिकका लागि मान्छे चढाएर सञ्चालन गरेको ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले बताए ।

अहिले गाईघाटलगायत जिल्लाको सबै क्षेत्रमा मान्छे बोकेर हिँड्ने ट्र्याक्टरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी गाईघाटका प्रमुख अमित कार्कीले बताए ।

वि.सं.२०७५ कात्तिक २६ सोमवार १४:४७ मा प्रकाशित

Himalayan Life AD
सर्पको टोकाईबाट २५ वर्षीया महिलाको मृत्यु

सर्पको टोकाईबाट २५ वर्षीया महिलाको मृत्यु

दमक (झापा)। सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको...

महोत्तरीका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने

महोत्तरीका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने

जलेश्वर (महोत्तरी) । भारतको विहार राज्यमा आगामी मङ्गलबार हुन लागेको...

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको...

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

मुस्ताङ । मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका...

यसरी हुनसक्छ युवा व्यवस्थापन

यसरी हुनसक्छ युवा व्यवस्थापन

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले सन् १९८५ लार्ई युवा वर्ष घोषणा...