back
CTIZAN AD

चीनमा मान्छेले होइन, मान्छेले जस्तै समाचार पढ्छ

वि.सं.२०७५ कात्तिक २६ सोमवार

822 

shares


प्रविधिको क्षेत्रमा एकपछि अर्को चमत्कार गरिरहेको चीनले संचारको क्षेत्रमा अर्को चमत्कार गरेको छ । चीनको सरकारी न्यूज एजेन्सी सिन्ह्वाले आफ्नो स्टुडियोमा आर्टिफिसियल इन्टेलिजेन्स सिस्टम(भर्चुवल न्युज एंकर) तयार पारेको छ। मान्छेले होइन मान्छे जस्तै देखिने भर्चुअल एंकरले समाचार पढीरहेको अपत्यारिलो दृश्य देखिने छ ।

सिन्ह्वाले चिनियाँ सर्च इन्जिन सोगोसँग मिलेर भर्चुअल न्यूज एंकर बनाएको हो । उक्त कुराको जानकारी सिन्ह्वाले सार्वजनिक रुपमा जानकारी गराएको छ ।
यो भर्चुअल एकंरले प्रोफेसनल समाचार वाचकले जस्तै समाचार पढने सिन्ह्वाले बताएको छ। ‘हेलो, तपाइँ अहिले अंग्रेजी समाचारको कार्यक्रम हेरिरहनुभएको छ’, अंग्रेजी बोल्ने यो रोबोटले यही शैलीमा समाचार भन्नेछ।

पहिलो भिडियोमा यो प्रेजेन्टरले भन्छ, ‘म तपाइँलाई जानकारी दिन हर्दम काम गर्नेछु। मेरो अगाडि निरन्तर टेक्स्ट टाइप भइरहनेछ। म तपाइँ समक्ष सूचनाको एक फरक नयाँ तरिका पेश गर्नेछु जसले तपाइँलाई नयाँ अनुभव दिनेछ।’

यसको अर्को भर्सन चिनियाँ भाषामा छ। यस किसिमको प्रयोगले टेलिभिजन कार्यक्रमको उत्पादन खर्च बचत हुने सिन्ह्वाको दाबी छ।

ब्रेकिङ समाचार प्रसारण गर्न यो प्रविधि विशेष रुपमा उपयोगी सावित हुने दाबी पनि सिन्ह्वाको छ। यसमा मौलिक प्रस्तुतकर्ताको आवाज, ओठको चाल, भावभंगिमा नक्कल गरिएको छ।

वि.सं.२०७५ कात्तिक २६ सोमवार १६:२३ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...