back
CTIZAN AD

इन्टरपोलको प्रमुखमा रूसी उम्मेदवारलाई नस्वीकार्न आलोचकको आग्रह, रूसद्वारा विरोध

वि.सं.२०७५ मंसिर ५ बुधवार

666 

shares

५ मङ्सिर, मस्को, रसिया । रूस विरोधी केही आलोचकहरूले बुधबार हुन लागेको इन्टरपोल प्रमुखमा रूसी उम्मेदवारलाई नछान्न आग्रह गरेका छन् ।

प्रहरीको अन्तराष्ट्रिय सञ्जाल (इन्टरपोल) मा रूसी नेतृत्व आएमा मस्कोले राजनीतिक रूपमा आफ्ना प्रतिस्पर्धी मानिएका मुलुकविरुद्ध उक्त संगठनको प्रयोग हुनसक्ने भन्दै अमेरिका, अष्ट्रेलिया, यूरोपेली मुलुकहरू लगायतका कतिपय आलोचकले रूसी नेतृत्वलाई नस्वीकार्न अभियान चलाएको बताइएको छ ।

यता रूसले भने इन्टरपोलमा ‘हस्तक्षेप’ गर्ने हङ्गामा मच्चाएर बुधबार दुबई मा हुन लागेको मतदानलाई रूसी उम्मेदवारविरुद्ध प्रचार गरिएकोप्रति दुःख व्यक्त गरेको छ ।

क्रेमलिनको नजरमा दोषी ठहरिएका कतिपय व्यक्तिलाई इन्टरपोलमार्फत् ‘रेड नोटिस’ अथवा अन्तराष्ट्रिय पक्राउ आदेश जारी गरी संगठनको प्रतिष्ठाविपरित काम हुनसक्ने भन्दै कतिपय सञ्चारमाध्यमले नै रूसविरोधी अभिमत जारी गरेको क्रेमलिनको दावी छ । क्रेमलिनले यसलाई अमेरिकाले आफ्नो उम्मेदवार विरोधि अफबाह फैलाउन खोजेको आरोप लगाएको छ ।

रूसी गृहमन्त्रालयका अधिकारी तथा इन्टरपोलका वर्तमान् उप–प्रमुख अलेक्जेण्डर प्रोकोप्चुक उक्त पदका लागि सम्भावित प्रिय पात्र रहेका छन् ।

अमेरिकाका दुबै दल आवद्ध सिनेटरहरूको समूहले यसैहप्ता एउटा खुल्ला पत्र लेख्दै प्रोकोप्चुकलाई इन्टरपोल प्रमुख बनाउनु भनेको ‘फ्याउरोलाई कुखुराको इन्चार्ज’ बनाउनुसरह हुने बताएका थिए ।

रूसले निरन्तर रूपमा इन्टरपोलको दुरूपयोग गर्दै आफ्ना राजनीतिक प्रतिद्वन्द्वी, पत्रकार तथा समूहमाथि विजयको यात्रा तय गर्दै आएको उनीहरूले बताएका थिए । उनीहरूले उक्त रणनीतिमा प्रोकोप्चुक आँफै सहभागी हुनेगरेकोसमेत आरोप छ ।

इन्टरपोलका प्रतिनिधिहरूले सेप्टेम्बरमा चीनमा पुगेका समय वेपत्ता भएका भनिएका चिनियाँ मेङ होङवेईको स्थानमा नयाँ नेतृत्व चयन गर्नेछ ।

बेइजिङ्ले होङवेईले आफ्नो जिम्मेवारीबाट राजिनामा दिएको बताएपछि हुने उक्त मतदानमा दक्षिण कोरियाली नागरिक तथा इन्टरपोलका कार्यबाहक प्रमुख किम जोङ–याङले रूसी उम्मेदवारको सामना गर्नेछन् ।

वि.सं.२०७५ मंसिर ५ बुधवार ०९:४६ मा प्रकाशित

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...