back
CTIZAN AD

जहाँ बैठकमा अल्लो अनिवार्य गरिएको छ

वि.सं.२०७५ मंसिर ६ बिहीवार

549 

shares

६ मंसीर, प्युठान । अल्लोको टोपी, अल्लैको कोट । सके झोला र अन्य उत्पादन पनि अल्लोकै । नौबहिनी गाउँपालिकाले जनप्रतिनिधिलाई बैठकमा अल्लोकै उत्पादनलाई प्राथमिकता दिने नीति छ । ‘अल्लो, उद्योगलाई प्रोत्साहन गर्न यो निर्णय लिएका हौं,’ गाउँपालिका अध्यक्ष शिव रिजालले भने, ‘गाउँपालिकाका ४४ प्रतिनिधिले गाउँसभा र अन्य बैठकमा अल्लोकै लुगा लगाउन थालेका छन् ।’
गाउँका वनमा अल्लो प्रशस्तै छन् । गाउँपालिकाले उद्यमीलाई पनि सहयोग गर्ने नीति लिएको छ । ‘गतवर्ष दुई उद्यमीलाई २÷२ लाख रुपैयाँ सहयोग गरेका थियौं,’ उनले भने, ‘नौबहिनीको पहिचानै अल्लो हो ।’
अल्लोको कामले धेरै महिलाले रोजगार पाएका छन् । अल्लोको प्रशोधित धागो अन्तराष्ट्रिय बजारसम्म पुग्ने गरेको छ । निजी फर्मले घरमै आएर धागो किन्छन् । ‘जिल्ला बाहिर मात्र होइन, थाइल्याण्ड, मलेसिया,साउदी,कतार, अस्ट्रेलिया, इजरायल र सिंगापुरसम्म पनि धागो निर्यात हुने गरेको छ,’ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत थालेश्वर भण्डारीले भने ।

वि.सं.२०७५ मंसिर ६ बिहीवार ०८:३९ मा प्रकाशित

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा समस्याग्रस्त सहकारीका...

आर्थिक कारोबारलाई नगद रहित बनाउने

आर्थिक कारोबारलाई नगद रहित बनाउने

काठमाडौँँ। सरकारले आगामी आर्थिक वर्ष देखि आर्थिक कारोबारलाई नगद रहित...

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...