
६ मंसिर काठमाडौ । नेपाल र मलेसिया बीच भएको श्रम समझदारी एमओयु लाई आधार मान्दै काठमाडौस्थित मलेसियन राजदूतावासले मलेसिया रोजगारी सम्बन्ध संस्थालाई काम सुरु गर्न पत्राचार गरेको छ ।
गत कात्तिक १२ गते नेपाल र मलेसिया बीच एमओयु भए पनि श्रम ,रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारी बारे निर्णय नगरेको बेला मलेसियन दुतवासले बुधबार ती संस्थालाई काम सुरु गर्न पत्राचार गरेको हो ।
दूतवासले रोजगारीका लागि मलेसिया जाने कामदारको राहदानी संकलन गर्दै आएको भिएलयन-ओएसी ,अध्यागमन सुरक्षा जाँचका लागि आइएसी र स्वास्थ्य परीक्षण सुचारु गर्न नेपाल स्वास्थ्य व्यवासयी महासंघलाई पत्राचार गरेको हो । मन्त्रालयले गत जेठ २ गते मलेसिया जाने कामदारसँग अतिरिक्त शुल्क लिएको भन्दै ती संस्थाका सञ्चालकलाई पक्राउ गरी ठगी मुद्धा लगाएको छ ।
मलेसियन राजदूतवासले काम सुचारु गर्न ती संस्थालाई पठाएको पत्रमा सबै संस्था मलेसियन सरकारको स्वीकृतिमा स्थापना भएको र स्तरीय काम गरिरहेकाले कात्तिक १२ गते अक्टोवर २९ मा दुई देशबीच भएको एमओयु अनुसार सेवाग्रही आएको खण्डमा काम सुचारु उल्लेख छ । एमओयुपछि केहि व्यक्तिले ओएसी र बायोमेडिकलको काम लिने प्रयास गरेको बेला दुतवासले पहिलेदेखि नै काम गरीरहेका संस्थालाई काम सुरु गर्न पत्राचार गरेको हो ।आजको नागरिक आर्थिक दैनिकबाट ।
वि.सं.२०७५ मंसिर ६ बिहीवार ०९:०७ मा प्रकाशित


























