back
CTIZAN AD

आत्मघाती आक्रमणको सुरक्षा परिषद्द्वारा निन्दा

वि.सं.२०७५ मंसिर ६ बिहीवार

633 

shares

६ मङ्सिर, संयुक्त राष्ट्रसङ्घ, अमेरिका । अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार भएको आत्मघाती आक्रमणको संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले निन्दा एवं भत्र्सना गरेको छ ।

यस आक्रमणमा परी कम्तीमा ५० जनाको मृत्यु हुनाका साथै ८३ व्यक्ति घाइते भएका थिए । मुसलमानहरूका धर्मगुरु मोहमदको जन्मोत्सवको उपलक्ष्यमा हुने समारोहका लागि एक होटेलमा भेला भएर छलफलमा बसेका व्यक्तिहरूलाई लक्षित गरी यो आक्रमण भएको थियो ।

यस आक्रमणमा ज्यान गुमाएका व्यक्तिका परिवारजन र अफगान सरकारलाई १५ देशका सदस्य रहेको यस सुरक्षा परिषद्ले गहिरो सहानुभूति व्यक्त गरेको छ । यस आक्रमणबाट घाइते भएका व्यक्तिको पनि शीघ्र स्वास्थ्य लाभको कामना गरिएको सुरक्षा परिषद्द्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

विस्फोट गराइएको समयमा सो स्थानमा करिब एक हजार मानिस भेला भएका प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।

अफगानिस्तानमा तालिबान तथा इस्लामिक स्टेट्स (आईएस) लडाकू समूहले नियमितजसो बम हमला गर्दै आएका छन् । यसअघि गत नोभेम्बर १२ का दिन प्रहरी चौकीनजिकै भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा १० जनाको ज्यान गएको थियो ।

अफगानी तालिबान समूहसँग शान्तिवार्ताको पहल भइरहे पनि अफगानिस्तानमा आतङ्ककारी आक्रमणमा कुनै कमी आएको छैन ।

केहीदिन अगाडि मात्र अफगान तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादले खाडी राष्ट्र कतारमा वार्ता गरेका थिए ।

कतारमा भएको वार्ताका बारेमा कुनै सन्दर्भ उल्लेख नगरी अमेरिकी दूत खलिलजादले काबुलमा वार्तामा बस्न चाहने सबै अफगानी समूहसँग छलफल गरिरहेको पत्रकारसँग भनेका थिए । अहिले मेलमिलाप र शान्तिको अवसर आएको पनि उनले प्रष्ट पारेका थिए ।

अमेरिकी नेतृत्वको फौजले तालिबान सत्ता अपदस्थ गरेको १७ वर्ष पूरा भइसकेको छ, तर अहिले अफगानिस्तानको झण्डै आधा भाग तालिबान विद्रोहीको नियन्त्रणमा छ । तालिबानले गरेका स्थानीय सुरक्षा फौज र सरकारी अधिकारीमाथिको आक्रमणका कारण दिनहुँ ठूलो सङ्ख्यामा हताहत भइरहेको छ ।

वि.सं.२०७५ मंसिर ६ बिहीवार ०९:२१ मा प्रकाशित

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...