back
CTIZAN AD

सुन भरियालाई तीनवर्ष जेलसहित ४३ रोड जरिवाना, मुख्य तस्कर फरार

वि.सं.२०७५ मंसिर ७ शुक्रवार

681 

shares

७ मंसीर, काठमाडौं । तस्करीको ८८ केजी सुन बोक्ने भरियालाई अदालतले ४३ करोड बिगो जरिवानासहित तीनवर्ष जेल सजाय तोकेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधिश कमल प्रसाद पोखरेलको इजलासले भरिया एवं गाडी चालक मनोज अधिकारीलाई ४३ करोड ७० लाख जरिवानासहित तीन वर्ष जेल सजायको फैसला गरेको आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
पोखरलेको इजलासले चिनिया नागरिकद्धय याङ वइमिङ र पान वाईमिङलाई भने जनही ४३ करोड ४७ लाख रुपैयाँ जरिवानासहित पाँचवर्ष कैद फैसला गरेको छ । तर, यी दुवै फरार छन् । उनीहरु चीन फर्किसकेको सूचना आएको प्रहरीले बताएको छ । पक्राउ परेका अधिकारी भने २४ कात्तिक ०७४ मा अदालतको आदेश अनुसार जेल चलान भइसकेका छन् । केरुङ नाका हुँदै काठमाडौं ल्याइएको तस्करीको ८८ केजी सुन प्रहरीले १९ भदौ ०७२ मा क्षेत्रपाटीबाट बरामद गरेको थियो ।

वि.सं.२०७५ मंसिर ७ शुक्रवार ०८:१९ मा प्रकाशित

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...