७ मंसिर काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवासायिक योजनाबिनै दूई वाइड बडी विमान ल्याएर थन्काएमा गम्भीर चासो देखाएका छन् । सर्वसाधारणको करणबाट जोडिएको राज्यको सम्पत्ति दुरुपयोग गरिनु असह्य हुने उनले बताए ।
‘वाइड बडी किन ल्याइयो,किन उडाइएन ?’ बजेट एवं मन्त्रालयगत कार्यसम्पादन समीक्षा बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले सोधे, ‘जनताको पेट काटेर २५ अर्ब खर्च गरिएको छ, । ती किन थन्किएका हुन् ’? बैठकमा मन्त्री र सचिवहरु सहभागी थिए ।
निगमले वाइड बडी विमान ल्याउनसाथ प्रधानमन्त्रीले एक कार्यक्रममा तिनको सञ्चालनबारे जिज्ञासा राखेका थिए । निकट स्रोत भन्छ, त्यस अवसरमा पर्यटन सचिव कृष्णप्रसाद देवकोटाले ट्याक्सी जस्तो आउनेबित्तिकै जहाज कहाँ उडाउन सकिन्छ र भनेर जवाफ दिएका थिए ।
प्रधानमन्त्री ओलीले त्यसबारे लक्ष्य गर्दै बिहीबारको बैठकमा भने, कर्मचारीले ओठे जवाफ मात्र दिन्छन् , गरेर देखाउँदैनन् । निगम टाट भइसक्यो भनेर व्यवस्थापनले उल्टै पैसा माग्छ । लापरबाहीले डुबाइरहेको ठाउँमा गरिबको पैसा दिन सकिदैँन । के भएर निगम यो अवस्थामा पुग्यो ? आजको अन्नपुर्ण दैनिकबाट ।
वि.सं.२०७५ मंसिर ७ शुक्रवार ०८:२५ मा प्रकाशित