back
CTIZAN AD

यूएईको सारजाहमा क्षेत्रीको क्याफ्टेरिया सञ्चालनमा

वि.सं.२०७३ कात्तिक ८ सोमवार

1K 

shares

1

मान बहादुर के.सी.‘मुस्कान’,यूएई । संयुक्त अरब इमिरेट्समा एक पछि अर्काे गर्दै नेपाली व्यवसायीहरु बढ्दै गई रहेका बेला यूएईको सारजाह स्थित खोर्फकानमा अल बर्दी क्याफ्टेरिया संचालनमा आएको छ ।

२१ अक्टोबरको दिन गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईका अध्यक्ष सुदिप कार्कीले रिबन काटेर र नेपाली सोसियल क्लबका अध्यक्ष सालिक सुबेदीले केक काटेर क्याफ्टेरियाको विधिवत उद्घाटन गरेका थिए ।
सो क्याफ्टेरिया उद्घाटन समारोहमा युएईका बिभिन्न प्रान्तबाट संघ संस्थाका प्रतिनिधिहरु लगायत यूएईमा कार्यरत समाजसेवी, बुद्दीजिबी, कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो । खोर्फकानको सिनेमाहल रोडमा रहेको अल बर्दी क्याफ्टेरियामा नेपाली खानाको स्पेशल थालीको साथै चाउमिन, मम, सुकुटी, सेलरोटी, लगायतका स्वादिष्ट नेपाली परिकारका स्वाद लिदै हाम्रै देशमा खाए जस्तो अनुभुती गराउदै सबैको मन जित्ने र आफुहरुले ग्राहकहरुलाई अधिकतम सेवा र सुविधा दिएर ब्याबसायिक रुपमा लाभ लिनु भन्दा पनि ग्राहकहरुको बिश्वास जित्ने संचालक क्षेत्रीले बताएका छन् ।

3
अल बर्दी क्याफटेरिया तीन जना नेपालीहरु शिब क्षेत्री, राजु क्षेत्री र रोहित क्षेत्रीको संयुक्त लगानिमा सञ्चालमा ल्याइएको हो । ग्राहकहरुलाई उचित सेवा र सुविधा दिनका लागि आफुहरुले कुनै कन्जुस्याँई नगर्ने र बिभिन्न लेबर क्याममा निःशुल्क होम डेलिभरीको व्यवस्था समेत रहेको उक्त क्याफ्टेरियामा नियमित ग्राहकहरुलाई सहुलियत दरमा सेवा दिने र स्वादिष्ट नेपाली परिकारहरुका साथसाथै इन्डियन, चाइनिज परिकारहरुको पनि सेवा दिने सञ्चालक क्षेत्रीले बताएका छन् ।
लामो समय देखी रोजगारीको शिलशिलामा यूएईमा कार्यरत संचालक मध्यका शिव क्षेत्री बिभिन्न संघ संस्थामा पनि आवद्ध छन् ।

वि.सं.२०७३ कात्तिक ८ सोमवार ०६:५१ मा प्रकाशित

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...