Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

यूएईको सारजाहमा क्षेत्रीको क्याफ्टेरिया सञ्चालनमा



1

मान बहादुर के.सी.‘मुस्कान’,यूएई । संयुक्त अरब इमिरेट्समा एक पछि अर्काे गर्दै नेपाली व्यवसायीहरु बढ्दै गई रहेका बेला यूएईको सारजाह स्थित खोर्फकानमा अल बर्दी क्याफ्टेरिया संचालनमा आएको छ ।

२१ अक्टोबरको दिन गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईका अध्यक्ष सुदिप कार्कीले रिबन काटेर र नेपाली सोसियल क्लबका अध्यक्ष सालिक सुबेदीले केक काटेर क्याफ्टेरियाको विधिवत उद्घाटन गरेका थिए ।
सो क्याफ्टेरिया उद्घाटन समारोहमा युएईका बिभिन्न प्रान्तबाट संघ संस्थाका प्रतिनिधिहरु लगायत यूएईमा कार्यरत समाजसेवी, बुद्दीजिबी, कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो । खोर्फकानको सिनेमाहल रोडमा रहेको अल बर्दी क्याफ्टेरियामा नेपाली खानाको स्पेशल थालीको साथै चाउमिन, मम, सुकुटी, सेलरोटी, लगायतका स्वादिष्ट नेपाली परिकारका स्वाद लिदै हाम्रै देशमा खाए जस्तो अनुभुती गराउदै सबैको मन जित्ने र आफुहरुले ग्राहकहरुलाई अधिकतम सेवा र सुविधा दिएर ब्याबसायिक रुपमा लाभ लिनु भन्दा पनि ग्राहकहरुको बिश्वास जित्ने संचालक क्षेत्रीले बताएका छन् ।

3
अल बर्दी क्याफटेरिया तीन जना नेपालीहरु शिब क्षेत्री, राजु क्षेत्री र रोहित क्षेत्रीको संयुक्त लगानिमा सञ्चालमा ल्याइएको हो । ग्राहकहरुलाई उचित सेवा र सुविधा दिनका लागि आफुहरुले कुनै कन्जुस्याँई नगर्ने र बिभिन्न लेबर क्याममा निःशुल्क होम डेलिभरीको व्यवस्था समेत रहेको उक्त क्याफ्टेरियामा नियमित ग्राहकहरुलाई सहुलियत दरमा सेवा दिने र स्वादिष्ट नेपाली परिकारहरुका साथसाथै इन्डियन, चाइनिज परिकारहरुको पनि सेवा दिने सञ्चालक क्षेत्रीले बताएका छन् ।
लामो समय देखी रोजगारीको शिलशिलामा यूएईमा कार्यरत संचालक मध्यका शिव क्षेत्री बिभिन्न संघ संस्थामा पनि आवद्ध छन् ।


-->

काठमाडौं। पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम्

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा भएको वार्तापछि साँतबुदे सहमति भएको छ ।

टोरन्टो । भारतीय मूलका क्यानडाली शिखको हत्यामा भारतीय गुप्तचर संस्थाका कर्मचारीको संलग्नता रहेको विवरण

नयाँदिल्ली । एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीनजना भारतीय खेलाडीलाई खेलस्थल हाङझाउ जाने अनुमति

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सल्लाहकार खेमराज