back
CTIZAN AD

सरकारलाई दिइएको समर्थन फिर्ता लिन दबाब सिर्जना गर्ने मोर्चाको निर्णय

वि.सं.२०७३ कात्तिक ८ सोमवार

957 

shares

८ कात्तिक,काठमाडौँ  । नेपाल सद्भावना पार्टीले व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव मधेस विषयलाई ओझेलमा पार्ने षडयन्त्र भएको आरोप लगाएको छ ।

पार्टीको सङ्घीय कार्यसमितिको बैठकले मधेसी मोर्चाद्वारा मधेस आन्दोलनको सम्बोधनका निम्ति प्रस्ताव गरिएको संविधान संशोधनका विषयमा सरकार उदासीन रही महाअभियोगको विषयमा अलमलिएको निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष अनिलकुमार झाद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव पारित गर्दै बैठकले मोर्चाद्वारा सरकारलाई दिइएको समर्थन फिर्ता लिन मोर्चाभित्र दबाब सिर्जना गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टी महासचिवको सङ्गठनसम्बन्धी आगामी कार्ययोजना एवम् पार्टीको छैटौँ महाधिवेशनपछि हालसम्म सङ्घीय कार्यसमितिद्वारा सम्पादित कार्यलाई समेत अनुमोदन गर्ने निर्णय गरेको छ । त्यस्तै विभिन्न जिल्लामा देखिएका कृषि, प्रशासन, विद्युत्, कर, भन्सार, वन, शिक्षा लगायत क्षेत्रका समस्यालाई उठाउँदै सरकारी पक्षसँग समन्वय गरी समाधान गर्न दबाब समेत दिने निर्णय गरेको पार्टीका प्रवक्ता डा डिम्पलकुमारी झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

वि.सं.२०७३ कात्तिक ८ सोमवार १२:१६ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...