back

सरकारलाई दिइएको समर्थन फिर्ता लिन दबाब सिर्जना गर्ने मोर्चाको निर्णय

वि.सं.२०७३ कात्तिक ८ सोमवार

504 

shares
IME Limited
NTC AD

८ कात्तिक,काठमाडौँ  । नेपाल सद्भावना पार्टीले व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव मधेस विषयलाई ओझेलमा पार्ने षडयन्त्र भएको आरोप लगाएको छ ।

पार्टीको सङ्घीय कार्यसमितिको बैठकले मधेसी मोर्चाद्वारा मधेस आन्दोलनको सम्बोधनका निम्ति प्रस्ताव गरिएको संविधान संशोधनका विषयमा सरकार उदासीन रही महाअभियोगको विषयमा अलमलिएको निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष अनिलकुमार झाद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव पारित गर्दै बैठकले मोर्चाद्वारा सरकारलाई दिइएको समर्थन फिर्ता लिन मोर्चाभित्र दबाब सिर्जना गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टी महासचिवको सङ्गठनसम्बन्धी आगामी कार्ययोजना एवम् पार्टीको छैटौँ महाधिवेशनपछि हालसम्म सङ्घीय कार्यसमितिद्वारा सम्पादित कार्यलाई समेत अनुमोदन गर्ने निर्णय गरेको छ । त्यस्तै विभिन्न जिल्लामा देखिएका कृषि, प्रशासन, विद्युत्, कर, भन्सार, वन, शिक्षा लगायत क्षेत्रका समस्यालाई उठाउँदै सरकारी पक्षसँग समन्वय गरी समाधान गर्न दबाब समेत दिने निर्णय गरेको पार्टीका प्रवक्ता डा डिम्पलकुमारी झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

वि.सं.२०७३ कात्तिक ८ सोमवार १२:१६ मा प्रकाशित

नवराज सुवेदीले पनि दिए निर्वाचन आयोगमा उजुरी

नवराज सुवेदीले पनि दिए निर्वाचन आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन आयोगबाट हटाइएका...

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रवक्ताबाट बर्खास्त भएका...

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा...

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

काठमाडौं । कञ्चनपुरमा छाउपडी गोठमा सुतेकी एक महिलाको सर्पले डसेर...

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण...

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ ।सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय...