
६ पुस, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाले नेपाललाई हेर्ने नजरिया परिर्वतन भएको बताएका छन् ।
मन्त्री ज्ञवाली र अमेरिकी विदेश मन्त्रीबीच भएको ऐतिहासिक भेटपछि मन्त्री ज्ञवालीले सो कुरा बताएका हुन् ।
मन्त्री ज्ञवालीले भेटमा नेपाल र अमेरिकाबीच भएको उच्चतहको भेटमा धेरै विषयमा छलफल भएको बताए ।
उनले अमेरिकाले नेपाललाई दिने सहयोगमा बृद्धि हुनुका साथै कुटनीति रुपमा पाि महत्वपूणै उपलब्धी भएको बताएका छन् । मन्त्री ज्ञवालीले अब दुई देशबीच लामो समयदेखि रोकिएको उच्चतहको भेटले निरन्तरता पाउने पनि बताए ।
पत्रकार सूर्य थापाले मन्त्री ज्ञवालीसँग गरेको भिडियो संवाद
वि.सं.२०७५ पुस ६ शुक्रवार १३:२६ मा प्रकाशित





























