back
CTIZAN AD

आठ बढी प्रजातिका जडीबुटी सङ्कलन

वि.सं.२०७५ पुस ६ शुक्रवार

657 

shares

६ पुस, बाजुरा ।  बाजुराका मार्तडीमा विभिन्न नौ स्थानीय तहमा रहेका सामुदायिक र राष्ट्रिय वनबाट जडीबुटी व्यवसायीले जडीबुटी सङ्कलन गर्न पूर्जी पाएका छन् ।

जडीबुटी सङ्कलनका लागि जिल्लाका हिमाली गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, गौमूल गाउँपालिका बूढीनन्दा नगरपालिका, त्रिवेणी नगरपालिका र बडीमालिका नगरपालिकाका वनहरुबाट जडीबुटी सङ्कलन गर्नका लागि ४६ जना जडीबुटी व्यवसायीले अनुमतिपत्र लिएको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ ।

जिल्लाका हिमाली गाउँपालिकाको साविकको बिच्छ्या र रुगिन, गौमुल गाउँपालिकाको दहकोट, बूढीनन्दाको कोल्टी, पाण्डुसैन, बडीमालिका नगरपालिका र त्रिवेणी नगरपालिकाको केही भागमा विभिन्न आठ बढी प्रजातिका जडीबुटी सङ्कलनका लागि व्यवसायीले सङ्कलन पूर्जी लिएको डिभिजन कार्यालय बाजुराले बताएको छ ।

जिल्लाका सामुदायिक र राष्ट्रिय वनबाट मङ्सिर र पुस महिनामा चिराइतो, पाषणभेद, कटुकी प्रजातिका जडीबुटी सङ्कलन गर्न व्यवसायीहरु कार्य क्षेत्रमा गएको बताइएको छ ।

यसैगरी टिमुर, रिठा, सुगन्धवाल सङ्कलन गर्ने कार्य भइरहेको डिभिजन वन कार्यालय बाजुराका प्रमुख भीमप्रसाद कँडेलले जानकारी दिए । उनका अनुसार जिल्लाका दर्ता भएका ४६ जडीबुटी व्यवसायीले डिभिजन वन कार्यालयबाट जडीबुटी सङ्कलन अनुमति लिएर सामुदायिक वन र राष्ट्रिय वनमा सङ्कलन गर्न थालेको बताए ।

पछिल्लो समयमा जिल्लामा पाँचऔँले, जटामसी र सेतक चिनी प्रजातिका जडीबुटी सङ्कलनमा रोक लगाइएको डिभिजन प्रमुख कँडेलको भनाइ छ । यी प्रजातिका जडीबुटी सङ्कलन गरेको पाइएका वन ऐनअनुसार कानूनी कारवाही गरिने डिभिजन प्रमुख कँडेलले राससलाई बताए ।

जिल्लामा सङ्कलन गरिने विभिन्न प्रजातिका जडीबुटीबाट हरेक वर्षमा रु आठ लाखदेखि २२ लाखसम्म राजस्व सङ्कलन हुने गरेको बताइएको छ । फरकफरक प्रजातिका जडीबुटीबाट प्रतिकेजी रु १३ देखि रु २५ हजारमा बिक्री हुने गरेको पाइएको छ ।

जडीबुटीको जातका आधारमा बिक्री हँुदै आएको जिल्ला जडीबुटी व्यवसायी सङ्घ बाजुराले जनाएको छ । नौ स्थानीय तहमध्ये गौमुल गाउँपालिकाले पाँच वर्षसम्म कुनै पनि प्रजातिका जडीबुटी सङ्कलन गर्न प्रतिबन्ध गरेको छ । जडीबुटी व्यवसायीले मनोमानीरुपमा निकाल्ने गरेकाले गाउँपालिकाले जडीबुटी सङ्कलनमा रोक लगाएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् ।

जिल्लामा विभिन्न मौसममा विभिन्न प्रजातिका जडीबुटी सङ्कलन हुँदा जडीबुटीको बीउसमेत नपाइने अवस्था रहेको पाइएको छ । व्यवसायीले जडीबुटी सङ्कलन गर्दा जडीबुटीको बीउसमेत सङ्कलन गर्न थालेकाले आउँदा वर्षदेखि जडीबुटी पाउन कठिन हुने स्थानीयले बताएका छन् ।

वि.सं.२०७५ पुस ६ शुक्रवार १३:२५ मा प्रकाशित

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...