Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

इराकको किरकुकमा चौहत्तर आईएस लडाकूको मृत्यु : सेना



९ कात्तिक किरकुक (इराक)। उत्तरी इराकको किरकुक प्रान्तमा इस्लामिक स्टेट (आईएस) समूहका लडाकूको प्रान्तीय राजधानीमा आक्रमण गरेपछि गत शुक्रबार गरिएको कारबाहीमा ७४ जना आईएस लडाकूको मृत्यु भएको इराकी सुरक्षाकर्मीले सोमबार एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

सुरकारी सुरक्षाकर्मी र पेशमेर्गा लडाकूको संयुक्त प्रयासमा करिब १०० जना आईएस लडाकूद्वारा गरिएको आक्रमणलाई निस्तेज पारिएको थियो । सोही क्रममा केही सुरक्षाकर्मी सामान्य घाइते भएको बताइएको छ ।

सरकारी सेनाले उक्त आक्रमणको नेतृत्व गरेका केही सरकारी सेनाले आईएस नेता तथा लडाकूलाई सुरक्षा नियन्त्रणमा लिएको बताइएको छ ।

आईएस लडाकूले विस्फोटक भेस्ट लगाएर प्रहरी कार्यालय परिसरमा प्रवेश गरी आत्मघाती विस्फोट गराउन थालेपछि भएको प्रत्याक्रमणमा इराकी सुरक्षाकर्मीले उल्लेख्य सफलता पाएको थियो ।

आईएस विद्रोहीले प्रहरी कार्यालय आयास नामक कुर्दिस सुरक्षा दस्ता, केही सरकारी भवन तथा किरकुकमा अवस्थित मस्जिदमा एकैसाथ आक्रमण गरेपछि झडप सुरु भएको थियो ।

घटनास्थल इराकी राजधानी बग्दादबाट २५० किलोमिटर उत्तरमा अवस्थित रहेको छ । सिन्ह्वा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले