back

चीनको अर्थतन्त्र तर्कसङ्गत अवस्थामा : राष्ट्रपति सी

वि.सं.२०७५ पुस १६ सोमवार

414 

shares
IME Limited
NTC AD

१६ पुस, बेइजिङ, चीन (रासस/एएफपी) । सन् २०१८ मा चीनको आर्थिक विकास तर्कसङ्गत अवस्थामा रहेको राष्ट्रपति सी चिनफिङले सोमबार बताएका छन् ।
नयाँ बर्षको उपलक्ष्यमा चिनियाँ जनतालाई गरेको सम्बोधनमा उनले भने, “चिनियाँ जनताको सुख र सम्वृद्धितर्फको यात्रा निरन्तर अघि बढेको छ । चिनियाँ जनताको जीवन शैलीमा विस्तारै प्रगति भइरहेको छ ।”
उनले चीनले यो बर्षका लागि तय गरेको वायु, जल तथा माटोको प्रदुषण नियन्त्रण गर्ने र रोक्ने अभियानमा बेइजिङ लागिपरेको र यसमा केही सुधार ल्याउन सफल भएको पनि उनले बताए ।
बेइजिङ–तियानजिन–हेवेइ क्षेत्रको विकासका लागि समन्वयकारी विकासलगायतका राष्ट्रिय रणनीतिक कार्यक्रम, याङजे आर्थिक मार्गको विकास र कुआङडोङ–हङकङ–मकाओ ग्रेटर वे क्षेत्रको निर्माण कार्यलाई बिस्तारै कायान्वयनतर्फ लगिएको राष्ट्रपति सीले बताए ।
राष्ट्रपति सीले आफ्नो निरीक्षण भ्रमणमा याङजे नदी वरपरको प्रदुषणमा सुधार देखेको उल्लेख पनि उक्त अवसरमा गरे । उत्तरपूर्वी प्रान्तहरूमा कृषि उत्पादनमा वृद्धि, सेनझेन र साङ्घाई क्षेत्रको सुधारमा विशेष उर्जाका साथ कामहरू भइरहेको जनाउँदै उनले यसैबर्ष हङकङ–झुहाई–मकाओ पुल पनि प्रयोगका लागि खुला गरिएको बताए ।
उनले भने, “समग्रमा यस बर्ष १०० भन्दा बढी महत्वपूर्ण सुधारका कार्य भएका छन् ।” सुधारवादी नीति लिएको ४० औँ बर्षमा आइपुग्दा चीनले धेरै सुधारका काम गरेको र यसबाट चीनको आर्थिक विकासमा अपेक्षाकृत उपलब्धी भएको उनको दावी थियो ।

वि.सं.२०७५ पुस १६ सोमवार २०:३० मा प्रकाशित

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद, गुजरात । अहमदावादमा भएको विमान दुर्घटनामा परी घाइते बनेका...

विश्वभर १२ करोड २० लाख मानिस विस्थापित

विश्वभर १२ करोड २० लाख मानिस विस्थापित

जेनेभा । विश्वव्यापी रूपमा आफ्नो घरबाट जबरजस्ती विस्थापित व्यक्तिहरूको सङ्ख्या...

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

काठमाडौं । भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ...

न्युयोर्कमा आप्रवासीमाथि आक्रमणको विरोधमा हजारौँको विरोध प्रदर्शन

न्युयोर्कमा आप्रवासीमाथि आक्रमणको विरोधमा हजारौँको विरोध प्रदर्शन

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिहरूको विरोधमा मङ्गलबार...

युक्रेनको खार्किभमा रुसी आक्रमण : तीन जनाको मृत्यु, ६० घाइते

युक्रेनको खार्किभमा रुसी आक्रमण : तीन जनाको मृत्यु, ६० घाइते

खार्किभ, युक्रेन । रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा बुधबार बिहान...

इरानले सन् २०२२ को प्रदर्शनका आरोपमा एक जनालाई मृत्युदण्ड सजाय सुनायो

इरानले सन् २०२२ को प्रदर्शनका आरोपमा एक जनालाई मृत्युदण्ड सजाय सुनायो

तेहरान । इरानले एक पुरुषलाई सन् २०२२ मा भएको राष्ट्रव्यापी...