back
CTIZAN AD

चीनको अर्थतन्त्र तर्कसङ्गत अवस्थामा : राष्ट्रपति सी

वि.सं.२०७५ पुस १६ सोमवार

741 

shares

१६ पुस, बेइजिङ, चीन (रासस/एएफपी) । सन् २०१८ मा चीनको आर्थिक विकास तर्कसङ्गत अवस्थामा रहेको राष्ट्रपति सी चिनफिङले सोमबार बताएका छन् ।
नयाँ बर्षको उपलक्ष्यमा चिनियाँ जनतालाई गरेको सम्बोधनमा उनले भने, “चिनियाँ जनताको सुख र सम्वृद्धितर्फको यात्रा निरन्तर अघि बढेको छ । चिनियाँ जनताको जीवन शैलीमा विस्तारै प्रगति भइरहेको छ ।”
उनले चीनले यो बर्षका लागि तय गरेको वायु, जल तथा माटोको प्रदुषण नियन्त्रण गर्ने र रोक्ने अभियानमा बेइजिङ लागिपरेको र यसमा केही सुधार ल्याउन सफल भएको पनि उनले बताए ।
बेइजिङ–तियानजिन–हेवेइ क्षेत्रको विकासका लागि समन्वयकारी विकासलगायतका राष्ट्रिय रणनीतिक कार्यक्रम, याङजे आर्थिक मार्गको विकास र कुआङडोङ–हङकङ–मकाओ ग्रेटर वे क्षेत्रको निर्माण कार्यलाई बिस्तारै कायान्वयनतर्फ लगिएको राष्ट्रपति सीले बताए ।
राष्ट्रपति सीले आफ्नो निरीक्षण भ्रमणमा याङजे नदी वरपरको प्रदुषणमा सुधार देखेको उल्लेख पनि उक्त अवसरमा गरे । उत्तरपूर्वी प्रान्तहरूमा कृषि उत्पादनमा वृद्धि, सेनझेन र साङ्घाई क्षेत्रको सुधारमा विशेष उर्जाका साथ कामहरू भइरहेको जनाउँदै उनले यसैबर्ष हङकङ–झुहाई–मकाओ पुल पनि प्रयोगका लागि खुला गरिएको बताए ।
उनले भने, “समग्रमा यस बर्ष १०० भन्दा बढी महत्वपूर्ण सुधारका कार्य भएका छन् ।” सुधारवादी नीति लिएको ४० औँ बर्षमा आइपुग्दा चीनले धेरै सुधारका काम गरेको र यसबाट चीनको आर्थिक विकासमा अपेक्षाकृत उपलब्धी भएको उनको दावी थियो ।

वि.सं.२०७५ पुस १६ सोमवार २०:३० मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...