back
CTIZAN AD

यातायातका प्रमुखसहित ११ कर्मचारीलाई जेल सजाय

वि.सं.२०७५ पुस २४ मंगलवार

747 

shares

२४ पुस, बाँके । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा अनियमितता गर्ने यातायात व्यवस्था कार्यालय भेरीका प्रमुखसहित ११ कर्मचारीलाई तीन महीनाको कारागार सजाय तोकिएको छ ।

विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको संयुक्त इजलासले भ्रष्टाचार गरेको ठहर गर्दै उनीहरूलाई तीन महीनाको कारागार सजाय तोकिएको हो ।

कार्यालय प्रमुख पवन सुवेदी र अधिकृत सीताराम खनाललाई जनही रु आठ हजार जरिवानासहित तीन महीना कारागार सजाय तोकिएको छ । त्यस्तै, कार्यालयका अधिकृत डेकराज पोखरेल, नायब सुब्बा डिलाराम खरेल, सतानन्द उपाध्याय, हुतराज पौडेल, अरुणकुमार गौतम, केशवराज डाँगी, गणेशमान आचार्य, ललितबहादुर वली र दीपेन्द्रबहादुर सिंहलाई जनही रु पाँच हजार जरिवानासहित तीन महीना कारागार सजायको फैसला भएको विशेष अदालतले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ असार ०७४ सालमा लाइसेन्स वितरणमा लाखौँको चलखेल गरेको आरोपमा कार्यालय प्रमुख पवन सुवेदीसहित १६ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । चारपाङ्ग्रे सवारी साधनको अनुमति पत्रको लिखित परीक्षामा भ्रष्टाचार भएको सूचना पाएको अख्तियारले अनुसन्धानपछि मुद्दा दायर गरेको थियो । २३ हजार लाइसेन्स वितरणमा आर्थिक चलखेल गरेको प्रमाण भेटेपछि प्रमुख सुवेदीलाई निलम्बन गरेरै आयोगले मुद्दा चलाएको थियो ।

विसं २०७३ कात्तिक ५ देखि ८ गतेसम्म भएको लिखित परीक्षामा सहभागी १२ हजार ६३१ मध्ये नौ हजार ४०९ जनालाई उत्तीर्ण गराएर नतिजा प्रकाशन गरिएको थियो । तीमध्ये प्रयोगात्मक परीक्षामा उत्तीर्ण ४६५ परीक्षार्थीलाई सवारी चालक अनुमति पत्र दिने निर्णय परीक्षा समितिले गरेको थियो । तर परीक्षामा उत्तीर्ण नभएकालाई समेत आर्थिक अनियमितता गरेर सवारी चालक अनुमति पत्र दिइएको आयोगको अनुसन्धानबाट खुलेको थियो ।

वस्तुगत बहु–वैकल्पिकतर्फको प्रश्नमा कम्तीमा नौ वटाको सही उत्तर दिने परीक्षार्थी मात्र लिखित परीक्षामा उत्तीर्ण गराउनुपर्नेमा तीभन्दा कम सही उत्तर दिनेलाई समेत उत्तीर्ण गराइएको भेटिएको थियो । उत्तरपुस्तिका परीक्षण नै नगरिएका ३३ परीक्षार्थीलाई समेत लिखित परीक्षामा उत्तीर्ण गराएर परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आयोगको अनुसन्धानले देखाएको थियो ।

वि.सं.२०७५ पुस २४ मंगलवार ०८:३३ मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...