back
CTIZAN AD

होली वाइन र क्रिश्चियनसँग आफूलाइ जोडेको भन्दै पुष्टी गर्न नेता नेपालको चुनौती

वि.सं.२०७५ पुस २४ मंगलवार

741 

shares

२४ पुस, काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एशिया प्यासिफिक सम्मेलनमा होली वाइन र क्रिश्चियनसँग आफूलाई जोडेर आएका विषयलाई पुष्टि गर्न चुनौती दिएका छन् ।

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा एशिया प्यासिफिक सम्मेलनमा सरकारको संलग्नता र विदेशमा भएको यसको प्रचारबारे सदस्यले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले क्रिश्चियन धर्मको प्रचारक बन्न खोज्यो भन्ने ढङ्गबाट गरिएको प्रचार कुत्सित मनसायबाट प्रेरित रहेको बताए ।

नेता नेपालले भने, “माधव नेपाललाई वाइन शब्दसँगै एलर्जी छ, वाइन कहिल्यै नै खाँदैन, हिन्दू परिवारबाट आएको भए पनि हिन्दू धर्म वा कुनै पनि धर्म मान्दैन, हामी कम्युनिष्ट हौँ, जनताको धर्मको अधिकारलाई सम्मान गर्छाैं ।”

“जनताको मनलाई सम्मान गर्न सबै धार्मिक कार्यक्रममा भाग लिन्छौँ, हिन्दू, बुद्धिस्ट, मुस्लिम, जैन जुन धर्मावलम्बीले बोलाए पनि हामी जान्छौँ, म त भगवान् मान्दिनँ, जनताको भावनामा चोट पु¥याउने राजनीतिज्ञको काम होइन, नेपालको उत्पत्ति हिन्दू र बौद्ध धर्मको पहिचानसँग जोडिएको छ”, उनले भने ।

पूर्वप्रधानमन्त्री नेपालले भने, “एशिया प्यासिफिक सम्मेलन नेपाललाई विश्वमा चिनाउन राम्रो भावनाबाटै गरिएको छ, सरकारले अघि सारेको सुखी नेपाली र समृद्ध नेपालको नारालाई कार्यान्वयन गर्न सहयोग पु¥याउने उद्देश्य सम्मेलनको थियो ।”

युनिभर्सल पिस फेडरेशनले विभिन्न समयमा आयोजना गरेको विभिन्न कार्यक्रममा नेपालका बिपी कोइराला, गिरिजाप्रसाद कोइराला, गणेशमानसिंह, सुशील कोइराला, शेरबहादुर देउवासमेत भाग लिएको बारे नेता नेपालले समितिलाई जानकारी गराए ।
बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एशिया प्यासिफिक सम्मेलनसँग सरकारको संलग्नता जोडर दुष्प्रचार गर्न खोजिएको बताए ।

वि.सं.२०७५ पुस २४ मंगलवार ०८:३७ मा प्रकाशित

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर...

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

काठमाडौं । कैलालीको धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी...