
२४ पुस काठमाडौ । अख्तियार दरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध भ्रष्टचार मुद्धा दायर गरेको छ । खड्काले १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ गैरकानुनी आजैन गरेको अभियोग अख्तियारले लगाएको छ ।
अख्तियारको आरेपपत्रअनुसार खड्काले ८ करोड ६४ लाख ६९ हजार ७ सय ५१ रुपैयाँ मात्रै वैध रुपमा आजैन गरेकामा उनीमाथी अनुसन्धान हुँदा २७ करोड ३० लाख ७५ हजार ३ सय ८० रुपैयाँ मात्र जोडेको भेटिएको छ । वैध आम्दानीको तुलनामा अस्वाभाविक सम्पत्ति थुपारेको अभियोगमा अख्तियारले खड्कामाथि मुद्धा चलाएको हो । आजको कान्तिपुर दैनिक समाचारमा छ ।
वि.सं.२०७५ पुस २४ मंगलवार ०८:३८ मा प्रकाशित