back
CTIZAN AD

दुई छोरी जन्माउनेलाई महानगरद्धारा प्रोत्साहन भत्ता

वि.सं.२०७५ पुस २४ मंगलवार

624 

shares

पुस, विराटनगर । विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप सोमबार रकम प्रदान गरेको छ ।

महानगरपालिकाले पहिलो सन्तान जन्माउने दम्पत्तिलाई नगद रु तीन हजार रकम हस्तान्तरण गरेको थियो भने दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई रु २५ हजार बैंकको अक्षय कोषमा जम्मा गरिदिएको छ ।

विराटनगर महानगरपालिकाले चार दम्पत्तिका नाबालक छोरीका नाममा ग्लोबल आइएमी बैंकमा खाता खोलेर रु २५ हजार जम्मा गरिदिएको हो । यसरी भत्ता पाउनेमा विराटनगर—१ का नुमा तामाङ, विराटनगर—५ रोहिणी कट्टेल, विराटनगर–५ कि सुमित्रा राय अमात र विराटनगर–४ का तारादेवी पोखरेलको छोरीको नाममा आमा संरक्षक रहने गरी रु २५ हजार नगद जम्मा गरिदिएको हो ।

गर्भमा छोरी रहेको अवस्थामा भु्रण हत्या रोक्ने कार्यक्रमअन्र्तगत महानगरपालिकाले पहिलो पटक यो अभियान चलाएको हो । जनस्तरमा यो कार्यक्रम अत्यन्तै लोकप्रिय बनेको छ । दुई छोरी जन्माउने महिलालाई वर्षेनी एक कार्यक्रमको आयोजना गरी प्रोत्साहन भत्ता वितरण गर्ने महानगरका प्रमुख भीम पराजुलीले बताए ।
महानगरले आर्थिक वर्ष २०७५÷७६ को वार्षिक बजेट तथा नीति तथा कार्यक्रममा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको थियो । उपप्रमुख इन्दिरा कार्कीले, “छोरी बचाउ अभियान” सँगै “छोरी पढाउ अभियान” शुरू भैसकेको जानकारी दिए ।

चालू आवमा यो कार्यक्रमका लागि रु १० लाख बजेट विनियोजन गरिएको छ । उपप्रमुख कार्कीले “छोरीलाई दहेज होइन उच्च शिक्षा दिऊ” भन्ने उद्देश्य लिएर कार्यक्रम प्रारम्भ गरेको बताए ।

महानगरले पहिलो सन्तान छोरी जन्माउने २३ दम्पत्तिलाई नगद रु तीन हजार प्रोत्साहन रकम प्रदान गरेको छ । दास्रो छोरीको उमेर १८ वर्ष पुगेपछि अक्षय कोषमा जम्मा गरको रकम झिक्न सक्ने गरी बच्चाका आमालाई संरक्षक बनाएर रकम जम्मा गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत कुमार दाहालले बताए ।

महागरपालिकाले प्रदान गरेको प्रोत्साहन रकम भत्ता लिनका लागि आमाको उमेर २० वर्ष पूरा हुनुपर्ने, गर्भको बेला कम्तिमा तीन पटक स्वास्थ्य जाँच अनिवार्य गरेको हुनुपर्ने लगायतका मापदण्ड पुगेको हुनुपर्दछ ।

वि.सं.२०७५ पुस २४ मंगलवार ०८:४६ मा प्रकाशित

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर...

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

काठमाडौं । कैलालीको धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...