पुस, विराटनगर । विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप सोमबार रकम प्रदान गरेको छ ।
महानगरपालिकाले पहिलो सन्तान जन्माउने दम्पत्तिलाई नगद रु तीन हजार रकम हस्तान्तरण गरेको थियो भने दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई रु २५ हजार बैंकको अक्षय कोषमा जम्मा गरिदिएको छ ।
विराटनगर महानगरपालिकाले चार दम्पत्तिका नाबालक छोरीका नाममा ग्लोबल आइएमी बैंकमा खाता खोलेर रु २५ हजार जम्मा गरिदिएको हो । यसरी भत्ता पाउनेमा विराटनगर—१ का नुमा तामाङ, विराटनगर—५ रोहिणी कट्टेल, विराटनगर–५ कि सुमित्रा राय अमात र विराटनगर–४ का तारादेवी पोखरेलको छोरीको नाममा आमा संरक्षक रहने गरी रु २५ हजार नगद जम्मा गरिदिएको हो ।
गर्भमा छोरी रहेको अवस्थामा भु्रण हत्या रोक्ने कार्यक्रमअन्र्तगत महानगरपालिकाले पहिलो पटक यो अभियान चलाएको हो । जनस्तरमा यो कार्यक्रम अत्यन्तै लोकप्रिय बनेको छ । दुई छोरी जन्माउने महिलालाई वर्षेनी एक कार्यक्रमको आयोजना गरी प्रोत्साहन भत्ता वितरण गर्ने महानगरका प्रमुख भीम पराजुलीले बताए ।
महानगरले आर्थिक वर्ष २०७५÷७६ को वार्षिक बजेट तथा नीति तथा कार्यक्रममा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको थियो । उपप्रमुख इन्दिरा कार्कीले, “छोरी बचाउ अभियान” सँगै “छोरी पढाउ अभियान” शुरू भैसकेको जानकारी दिए ।
चालू आवमा यो कार्यक्रमका लागि रु १० लाख बजेट विनियोजन गरिएको छ । उपप्रमुख कार्कीले “छोरीलाई दहेज होइन उच्च शिक्षा दिऊ” भन्ने उद्देश्य लिएर कार्यक्रम प्रारम्भ गरेको बताए ।
महानगरले पहिलो सन्तान छोरी जन्माउने २३ दम्पत्तिलाई नगद रु तीन हजार प्रोत्साहन रकम प्रदान गरेको छ । दास्रो छोरीको उमेर १८ वर्ष पुगेपछि अक्षय कोषमा जम्मा गरको रकम झिक्न सक्ने गरी बच्चाका आमालाई संरक्षक बनाएर रकम जम्मा गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत कुमार दाहालले बताए ।
महागरपालिकाले प्रदान गरेको प्रोत्साहन रकम भत्ता लिनका लागि आमाको उमेर २० वर्ष पूरा हुनुपर्ने, गर्भको बेला कम्तिमा तीन पटक स्वास्थ्य जाँच अनिवार्य गरेको हुनुपर्ने लगायतका मापदण्ड पुगेको हुनुपर्दछ ।
वि.सं.२०७५ पुस २४ मंगलवार ०८:४६ मा प्रकाशित