
२४ पुस मुस्ताङ । हिमाली जिल्लामा अधिक चिसोका कारण तालतलैया जम्न थालेका छन् । तालको पानी जम्ने गरी मुस्ताङमा चिसो बढेको छ । चिसोका कारण बजार सुनसान छ भने मान्छेको आउजाउ पनि शुन्यजस्तै भएको छ ।
मुस्ताङमा आइतबार रातिदेखी हिमपात सुरु भएको थियो । सोमबार दिउँसो पनि बेलाबेला हिमपात भएरहेको संरक्षण क्षेत्र आयोजना एक्याप का जोमसोम स्थित संरक्षण अधिकृत तुलसी दहालले बताए । आजको नागरिक दैनिक समाचारमा छ ।
वि.सं.२०७५ पुस २४ मंगलवार ०८:५६ मा प्रकाशित