back
CTIZAN AD

भत्ता उपलब्ध गराउँदै सहकारी

वि.सं.२०७५ पुस २४ मंगलवार

705 

shares

२४ पुस, पाल्पा ।  रामपुरको एउटा सहकारीले पशु ब्याएपछि किसानलाई भत्ता उपलब्ध गराउन थालेको छ । उन्नत जातका पशुपालनतर्फ आकर्षण बढाउने उद्देश्यले पशु ब्याएपछि किसानलाई भत्ता दिन थालिएको हो ।

रामपुरस्थित सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाले शेयर सदस्यका किसानलाई गाईभँैसी ब्याएपछि रु ६०० भत्ता उपलब्ध गराउँदै आएको छ । यसअघि सो सहकारीले प्रतिपशु रु ५०० उपलब्ध गराउँदै आएको थियो । “चालू आवदेखि रु ६०० भत्ता उपलब्ध गराउँदै आएका छौँ,” सहकारीका व्यवस्थापक भवीनारायण मरासिनीले बताए ।

सञ्चालक समिति सदस्य दुर्गादेवी आचार्य पशु ब्याउँदा पाएको रकम स्याहारसुसारमा खर्चिने गरेको बताए । रामपुर–८ का पदमराज खनाल पशुभत्ता बापतको रकमबाट पोसिलो आहाराको जोहो गरेको बताए । सो सहकारीले २०७२ साउनयता किसानलाई रु एक लाख १६ हजार पशुभत्ता बाँडेको छ । “पशुको स्याहारसुसार गर्न मद्दत पुगोस् भनेर भत्ता उपलब्ध गराएका हौँ,” सहकारीका पशुधन सुरक्षण कार्यक्रमका संयोजक नगीलाल पौडेलले बताए ।

पशुधन सुरक्षण कार्यक्रमअन्तर्गत पशुको बीमा पनि गरिन्छ । बीमित पशु मरेको अवस्थामा किसानलाई ८० प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने गरिएको छ । सो सहकारीमा ३३२ शेयर सदस्य आवद्ध छन् । आव २०७४-७५ सम्म ३६४ गाई र १८५६ भैँसीको सहकारीमार्फत बीमा गरिएको छ । चालू आवको अहिलेसम्म १९८ गाईभैँसीको बीमा भइसकेको छ ।

वि.सं.२०७५ पुस २४ मंगलवार ०९:२७ मा प्रकाशित

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

गण्डकी । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०...

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

जनकपुरधाम । पछिल्लो समय पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धनुषाधाम...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...