Logo
२७ जेष्ठ २०८०, शनिबार
     Sat Jun 10 2023
E-paper
  English Edition
   Unicode
Logo

भत्ता उपलब्ध गराउँदै सहकारी



२४ पुस, पाल्पा ।  रामपुरको एउटा सहकारीले पशु ब्याएपछि किसानलाई भत्ता उपलब्ध गराउन थालेको छ । उन्नत जातका पशुपालनतर्फ आकर्षण बढाउने उद्देश्यले पशु ब्याएपछि किसानलाई भत्ता दिन थालिएको हो ।

रामपुरस्थित सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाले शेयर सदस्यका किसानलाई गाईभँैसी ब्याएपछि रु ६०० भत्ता उपलब्ध गराउँदै आएको छ । यसअघि सो सहकारीले प्रतिपशु रु ५०० उपलब्ध गराउँदै आएको थियो । “चालू आवदेखि रु ६०० भत्ता उपलब्ध गराउँदै आएका छौँ,” सहकारीका व्यवस्थापक भवीनारायण मरासिनीले बताए ।

सञ्चालक समिति सदस्य दुर्गादेवी आचार्य पशु ब्याउँदा पाएको रकम स्याहारसुसारमा खर्चिने गरेको बताए । रामपुर–८ का पदमराज खनाल पशुभत्ता बापतको रकमबाट पोसिलो आहाराको जोहो गरेको बताए । सो सहकारीले २०७२ साउनयता किसानलाई रु एक लाख १६ हजार पशुभत्ता बाँडेको छ । “पशुको स्याहारसुसार गर्न मद्दत पुगोस् भनेर भत्ता उपलब्ध गराएका हौँ,” सहकारीका पशुधन सुरक्षण कार्यक्रमका संयोजक नगीलाल पौडेलले बताए ।

पशुधन सुरक्षण कार्यक्रमअन्तर्गत पशुको बीमा पनि गरिन्छ । बीमित पशु मरेको अवस्थामा किसानलाई ८० प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने गरिएको छ । सो सहकारीमा ३३२ शेयर सदस्य आवद्ध छन् । आव २०७४-७५ सम्म ३६४ गाई र १८५६ भैँसीको सहकारीमार्फत बीमा गरिएको छ । चालू आवको अहिलेसम्म १९८ गाईभैँसीको बीमा भइसकेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले

(नारायण ढुङ्गाना) काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको

काठमाडौं । गंगा दाहाल पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चाको पात्र बनिरहेकी छिन्

काठमाडौँ । अहिले नेपालको समसामायिक विषयको बनेको छ ‘ग्रेटर नेपाल’ को नक्शा । भारतले