back
CTIZAN AD

बेलायतमा कार बिक्रीमा व्यापक गिरावट

वि.सं.२०७५ पुस २४ मंगलवार

723 

shares

२४ पुस, लण्डन, बेलायत ।  कार बिक्रीमा सन् २०१८ मा व्यापक दरमा गिरावट आएको बेलायतको कार कम्पनीको एउटा प्रचार समूहले जानकारी गराएको छ । यो गिरावट एक दशक पहिले देखिएको विश्वव्यापी आर्थिक मन्दीपछि आएको सबैभन्दा उच्च गिरावट हो ।

मोटर निर्माण कम्पनी तथा व्यापारीहरूको समूह, द सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एण्ड ट्रेडर्सले सोमबार दिएको जानकारीमा गत वर्ष बेलायतमा कार बिक्रीमा छ दशमलब आठ प्रतिशतले गिरावट आएको छ । अघिल्लो वर्षमा २० लाख ३७ लाख कारको बिक्री भएको थियो । बिक्रीमा सन् २०१८ मा देखिएको गिरावट सन् २००८ पछि कै सबैभन्दा बढी हो । एक दशक पहिले विश्वव्यापी रूपमा आएको आर्थिक मन्दीको प्रभाव बेलायती अर्थतन्त्रमा पनि देखिएको थियो ।

समूहका प्रमुख कार्यकारी माइक हावेसले भने, “उपभोक्ताको लगानी गर्ने आत्मविश्वासमा कमी, आर्थिक वर्षको अस्पष्टता, नीतिगत सन्देशहरू र उच्च समस्याग्रस्त बजारमा नियमनकारी कानूनको परिवर्तनले कारको कारोबारमा कमी आएको हो ।”

ब्रेक्जिटबारेको अनिश्चिततालाई प्रत्यक्ष दोष नलगाइकनै हावेसले भने, “यो तथ्याङ्क नीति निर्माताका लागि सचेत बनाउन एउटा सन्देशका रूपमा आएको छ ।”

वि.सं.२०७५ पुस २४ मंगलवार ०९:३६ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...