back
CTIZAN AD

अमेरिकाले पुन : डेढ बर्षको लागि थप्यो  अस्थाई सुरक्षित दर्जा सुबिधाको म्याद

वि.सं.२०७३ कात्तिक १० बुधवार

1K 

shares

usa

विजय थापा ,वाशिंगटन डिसी l  जुन २४ ,२०१५ सम्म अमेरिका छिरेका नेपालीलाई भूकम्प पछि अमेरिकन सरकारले दिइएको सुबिधा अस्थाई सुरक्षित दर्जा ( टेम्पोररि प्रोटेक्ट टेड स्टाटस )सुबिधाको म्याद पुन : डेढ बर्षको लागि थप गरेको छ  ।

मंगलबार अमेरिकन संघीय सरकारको आधिकारिक संजालमा सूचना प्रकाशित गर्दै जुन २४ ,२०१८ को सम्मका लागि थप गरेको जनाएको छ  ।  यो सूचना प्राप्त गर्न साथ हजारौ कागजपत्र बिहिन नेपालीहरुमा खुशीको लहर छाएको छ ।

अस्थाई सुरक्षित दर्जाको म्याद गुज्रने अवधि आगामी डिसेम्बर २१ ,२०१६ तारिख सम्म मात्र रहेकोले मानसिक रुपमा स्वदेश फर्कनु पर्छ भनि झिटी गुन्टा सहित तयार समेत रहेका नेपालीलाई अमेरिकाले बुधबार ,अक्टोबर २६ तारिख सार्बजनिक गर्ने सूचना टासेकोले सुबिधा उपयोग गरि रहेकालाई ठुलो राहत भएको छ  ।

अमेरिकाले यस्ता अवस्थामा बिभिन्न मुलुकलाई अस्थाई सुरक्षित दर्जा सुबिधा प्रदान गरेता पनि फिलिपिन्सलाई सुबिधा थप गरेको थिएन l गत बर्ष झन्डै दशौ हजार नेपालीले यो सुबिधा लिएका भएता पनि गत वर्ष केहि बिभिन्न कारण बाट छुट्न गएकाले समेत यस पटक आबेदन दिन पाउने भएका छन्  ।

 अस्थाई सुरक्षित दर्जा सुबिधा लिन आवेदक अमेरिका जुन २४ ,२०१५ अगावै आई सकेको प्रमाण हुनु पर्दछ l अस्थाई सुरक्षित दर्जा सुबिधा प्राप्त गरि अमेरिका अवैध रुपमा बसोबास गर्दै आएका बस्दै आएका र कानुनी प्रकृया बढाई रहेका नेपालीलाई काम गर्न पाउने अनुमति दिनुको साथै भूकम्प बाट पिडित परिवारलाई भेट्न नेपाल आउन जान कागज पत्र समेत बनाई दिने सुबिधा प्रदान गरेको छ l

जस्को कारण थुप्रै नेपालीहरु नेपाल गएर फर्केका कसैलाई कुनै कानुनी अड्चन बिना अमेरिकन सरकारले अमेरिका आउन दिएको पनि छ  । अमेरिकाले अस्थाई सुरक्षित दर्जा सुबिधा दिए पछि नेपालीहरु अन्य सरह काम गरि रहेका छन् ।

यो सुबिधा पुन थप गरियोस भन्ने हेतुले अमेरिकामा रहेका बिभिन्न संघ तथा संस्थाले सम्बन्धित निकायमा कुरा पुर्याएका थिए l  अस्थाई सुरक्षित दर्जा सुबिधाको म्याद सकिनु दुई महिना अगाडी महा बाणिज्य दुताबास ,नेपाल जनसम्पर्क समिति अमेरिका ,नेपाल प्रवासी मंच अमेरिका,अादीवासी जनजति महासंघ अमेरिका ,गैर आवासीय नेपाली संघ बाल्टिमोर तथा अन्य संघ संस्थाका प्रतिनिधि मण्डलले अमेरिकन सरकार समक्ष म्याद थप गर्न आग्रह गर्दै ज्ञापन पत्र अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की(बिध्या वारिधि )लाई बुझाएका थिए  ।

गैर आवासीय नेपाली संघ बाल्टिमोरले परराष्ट्र मन्त्रि प्रकाश शरण महतलाई समेत म्याद थप गराउन ज्ञापन पत्र बुझाएको थियो l अस्थाई सुरक्षित दर्जा सुबिधा प्राप्त गरेकाले अपराधिक गतिविधिमा संलग्न भएमा त्यो सुबिधा स्वत खारेजी हुने र स्वदेश फर्काउन समेत सक्ने छ l यो सुबिधा उपयोग गर्न नया तथा पुराना दुबैले आबेदन पत्र फेरी भर्नु पर्ने छ ।

 

वि.सं.२०७३ कात्तिक १० बुधवार ०४:०५ मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...