२६ पुस, काठमाडौं । गृहमन्त्रालयले अध्यागमन कानुन उल्लंघन गर्ने ७ सय १ जना विदेशी नागरिकलाई निष्काशन गरेको छ । भिसा अवधिभन्दा बढी बसेका र फरक फरक कसुरमा पक्राउ परेका ६२ देशका नागरिकलाई गृहले निष्कासन गरेको हो । यो सन् २०१८ को तथ्यांक हो ।
उनीहरुमाथि धर्म परिवर्तनमा संलग्न, विभिन्न कसुरमा कैद भुक्तान गरेका, जाली रहदानी तथा भिसा प्रयोगकर्ता र भिसाविना बसेको अभियोग छ । निष्कासित हुनेमा सबैभन्दा बढी चिनियाँ नागरिक रहेको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सन् २०१८ मा ३ सय ७३ जना चिनियाँ नागरिकलाई निस्कासन गरिएको छ । उनीहरु धर्म परिवर्तनमा भने संलग्न छैनन् । आजको अन्नपूर्णपोस्ट दैनिकबाट
वि.सं.२०७५ पुस २६ बिहीवार ०८:२४ मा प्रकाशित