back
CTIZAN AD

तनहुँ हङकङ समाजद्धारा मिर्गौला रोगले पीडित गुरुङलाई आर्थिक सहयोग

वि.सं.२०७५ पुस २७ शुक्रवार

777 

shares

२७ पुस, तनहुँ । दुवै मिर्गाैला खराब भई उपचारमा रहेका तनहुँ व्यास नगरपालिका–७ छापथोकका २७ वर्षीय सुमन गुरुङको परिवारलाई विहिबार रु दुई लाख ५८ हजार ७२० हस्तान्तरण गरिएको छ ।

तनहुँ हङ्कङ समाजको सहयोगमा हङ्कङ निवासी दीपक गुरुङ, जसमाया गुरुङ र माया थापाको सक्रियतामा सङ्कलित उक्त रकम मिर्गौलापीडितकी आमा विना गुरुङलाई दमौलीमा आयोजित एक कार्यक्रमकाबीच समाजका पूर्वअध्यक्षद्वय भीमबहादुर गुरुङ र जङ्गबहादुर थापाले संयुक्तरूपमा हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा समाजका पूर्वअध्यक्ष भीमबहादुर गुरुङले शैक्षिक, धार्मिक, विपद्जस्ता सामाजिक क्षेत्रमा सहयोग गर्दै जाने योजनाअनुरुप सो सहयोग गरिएको बताए ।

गत कात्तिक महीनामा तनहुँ युके समाजले मिर्गौलापीडित गुरुङको उपचारका लागि रु चार लाख ३७ हजार ५०० आर्थिक सहयोग गरेको थियो । रोजगारीको सिलसिलामा साउदी गएका गुरुङको दुवै मिर्गौला खराब भएको थाहा पाएपछि स्वदेश फर्किएका थिए ।

आर्थिक अवस्था कमजोर रहेका गुरुङ परिवारलाई विभिन्न सङ्घसंस्थाले उपचारका लागि सहयोग गर्न थालेका छन् । छोराको उपचारका लागि हालसम्म रु तीन लाख खर्च भइसकेको आमा विनाले जानकारी दिए ।

वि.सं.२०७५ पुस २७ शुक्रवार ०७:५१ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...