२७ पुस नयाँदिल्ली । नेपालले थप अन्तराष्ट्रिय हवाईमार्ग र भारु सटहीसहितका लामो समयदेखी थाती रहेका समस्या समाधानका लागि भारतलाई आग्रह गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिहीबार मध्याह्न नयाँदिल्लीमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भएको करिब एक घण्टा लामो लन्च भेट मा त्यस्तो आग्रह गरेका हुन् । नेपालको आग्रहलाई भारतीय पक्षले सकारात्मक रुपमा लिएको मन्त्री ज्ञवालीले बताए ।
हवाईमार्गका विषयमा नेपालको चासोलाई भारतीय पक्षले सकारात्मक जवाफ दिएको ज्ञवालीले बताए । मन्त्री स्वराजले यसबारे भारतीय पक्षले प्राविधिक अध्ययन गरिरहेको र केही प्राविधिक समस्याका बारेमा नेपाली पक्षलाई समेत जानकारी गराएको बताएकी थिइन् । आजको कान्तिपुर दैनिक समाचारमा छ ।
वि.सं.२०७५ पुस २७ शुक्रवार ०७:५३ मा प्रकाशित