back

खप्तड गोल्ड कप : च्यासलद्वारा दिल्ली क्लब पराजित

वि.सं.२०७५ पुस २७ शुक्रवार

498 

shares

२७ पुस, धनगढी । भ्याली च्यासल युवा क्लबले ‘तेस्रो नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप’अन्तर्गत विहिबारको खेलमा दिल्ली फुटबल क्लबलाई पराजित गरेको छ । च्यासलले दिल्लीलाई ६–० गोलअन्तरले हराएको हो ।

च्यासलको तर्फबाट विदेशी खेलाडी अर्माण्ड मोएनले ह्याट्रिक गरे । धनगढी रङ्गशालामा भएको उक्त खेलमा च्यासलका सञ्जोग राईले खेलको १४औँ मिनेटमा गोल गरेका थिए । खेलको ३१औँ मिनेटमा हेमन्त थापामगर तथा ४०औँ मिनेटमा सञ्जोग राईको लामो पासलाई नियन्त्रणमा राख्दै अर्माण्डले गोल गरे ।

दोस्रो हाफमा च्यासलका लागि खेलको ६१औँ मिनेटमा तथा ७३औँ मिनेटमा अर्माण्डले गोल गरे । इन्ज्युरी समयको पहिलो मिनेटमा सन्तबहादुर गुरुङले गोल गर्दै च्यासललाई ६–० को अग्रता दिलाए । सो खेलको ‘म्यान अफ द म्याच’ अर्माण्डले रु १० हजार पुरस्कार प्राप्त गरे । शुक्रबार रुपन्देहीको गोर्खा ब्वाइज र काठमाडौँको सिएमजी क्लब सङ्कटाबीच खेल हुनेछ ।

वि.सं.२०७५ पुस २७ शुक्रवार ०७:५५ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...