back

बसको ठक्करबाट एक किशोरको मृत्यु

वि.सं.२०७५ पुस २७ शुक्रवार

357 

shares
GLOBAL IME AD
NTC AD

२७ पुस, दमौली ।  तनहुँमा आज बिहान बसले किचेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको बन्दीपुर गाउँपालिका–४ पिप्लेका १५ वर्षीय विश्वास थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आफ्नै बाबु बलक थापाले घर अगाडि रोकिराखेको ग१ख ४६५८ नंको बस पछाडि हटाउने क्रममा बसले किचेर विश्वास घाइते भएका थिए । थापाको उपचारको क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । ठक्कर दिने बस र बाबु प्रहरी नियन्त्रणमा छन् ।

वृद्ध मृतावस्थामा फेला

तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा बिहीबार राति एक वृद्ध मृतावस्थामा फेला परेका छन् । हरियाली कृषक समूह भवनको पेटीमा अन्दाजी ६०-६५ वर्षीय टेकबहादुर विक मृतावस्थामा फेला परेका हुन् ।

धादिङ घर बताउने विक विगत पाँच-छ दिनदेखि डुम्रे बजार आसपास मागी खाई हिँड्ने गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फरार प्रतिवादी पक्राउ

तनहुँ अदालतबाट कैद तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । घरमा आगो लगाएको मुद्दामा तनहुँ शुक्लागण्डकी नगरपालिका–९ का ५० वर्षीय आइत भन्ने ठगबहादुर कमर जोगी पाँच वर्षपछि पक्राउ परी बिहीबार कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए ।

सो अभियोगमा जिल्ला अदालतले जोगीलाई पाँच वर्ष कैद फैसला गरेको थियो । विसं २०७० मा सोही वडाका इन्द्रप्रसाद वाग्लेको घरमा आगो लगाएको अभियोगमा जोगी फरार रहेका थिए । तनहुँ प्रहरीले पछिल्लो समयमा अदालतबाट कैद तोकिएका फरार प्रतिवादीलाई पक्राउ गर्ने विशेष अभियान नै सञ्चालन गरिरहेको छ ।

वि.सं.२०७५ पुस २७ शुक्रवार ०९:४४ मा प्रकाशित

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तरगत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गल्छिनामा गए राति...

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

लुम्बिनी । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...

बाढीपहिरोले भेडीगोठका २६ बाख्रा पुरिए

बाढीपहिरोले भेडीगोठका २६ बाख्रा पुरिए

सिमकोट, (हुम्ला) । हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली...

वीरगञ्जको जनजीवन सामान्य हुँदै

वीरगञ्जको जनजीवन सामान्य हुँदै

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगर क्षेत्रमा हनुमान् जयन्तीको शोभायात्राको क्रममा...

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष तीन हजार...

महानगरद्वारा हलगोरु पाल्ने किसानलाई अनुदान

महानगरद्वारा हलगोरु पाल्ने किसानलाई अनुदान

गण्डकी । पोखरा महानगरपालिकाले हलोगोरु पाल्ने महानगरका किसानलाई प्रतिपरिवार रु...