back

शहर सुन्दर बनाउँदै काठमाडौँ महानगरपालिका

वि.सं.२०७५ पुस २७ शुक्रवार

360 

shares
GLOBAL IME AD
NTC AD

२७ पुस, काठमाडौ ।  काठमाडौँ महानगरपालिका सडक छेउमा अव्यवस्थित रूपमा छरिएर रहेका तार व्यवस्थापन गर्दै शहर सुन्दर बनाउने कार्यमा लागेको छ ।

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार अघिल्लो मङ्सिरबाटै उक्त कार्य शुरु गरेको भए पनि अहिले बढी महत्वका साथ काम भइरहेको छ । “अव्यवस्थितरूपमा विभिन्न निकायले राखेका तारले शहरको सौन्दर्य बिगारेको छ, त्यसैले ती सबै तार हटाउँदै सम्बद्ध निकायलाई आगामी दिनमा जथाभावी तार नराख्न आग्रहसमेत गरिएको छ”, प्रवक्ता डङ्गोलले भने ।

उनका अनुसार विभिन्न निकायले यत्रतत्र तार छरेर शहरलाई कुरूप बनाएका थिए, अब ती सबै हटाइन्छ र व्यवस्थितरूपमा टाँगिएको तार मात्र राखिने गरी काम अघि बढिरहेको छ । पुतलीसडक, प्रदर्शनीमार्ग, लौनचौर, सोल्टी होटल जाने बाटो, राष्ट्रपति कार्यालय वरपरका स्थानका तार व्यवस्थापनको काम पहिलो चरणमा भइसकेको छ । ।

अहिलेसम्ममा मिनी टाटाको ७० टिप तार जम्मा भइसकेको छ । सङ्कलित तारमा सबैभन्दा बढी इन्टरनेट केबल सेवा प्रदायकका तार र टेलिफोनका छन् । सङ्कलन भएका तारलाई टेकुमा लगेर राखिएको छ ।

सुरक्षाको दृष्टिले जोखिम बनेका, भुइँमा लतारिएका, प्रयोग नगरिएका तारले थप समस्या निम्त्याउने भएकाले तिनको व्यवस्थापन गर्नु अत्यावश्यक भएको र शहर सुन्दर देखाउन व्यवस्थापनको काम गरिएको हो ।

साथै सडकको बीचमा रहेको खम्बा र आसपासमा भएका जीर्ण रुखका हाँगा हटाउने काममा पनि कामपाको ध्यान जान थालेको छ । यस किसिमको समस्या विशषेगरी म्हेपी क्षेत्रको सडकमा रहेको छ । वडा नं १६, १७ लगायतका स्थानमा उक्त काम भइरहेको छ भने अन्य वडामा पनि वडाध्यक्षहरूले उक्त काम गरिरहेका छन् ।

वि.सं.२०७५ पुस २७ शुक्रवार ११:१६ मा प्रकाशित

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

काठमाडौँ । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोग मुद्दामा आरोपित...

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा...

तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल

तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले...

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

लुम्बिनी । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...

यौन दुर्व्यवहारमा परेकी युवतीको हत्याको आशङ्का, एक युवा पक्राउ

यौन दुर्व्यवहारमा परेकी युवतीको हत्याको आशङ्का, एक युवा पक्राउ

काठमाडौँ । सप्तरीको सुरुंगा नगरपालिका ७, राम टोलकी एक युवती...

यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

बागमती । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा...