back
CTIZAN AD

शहर सुन्दर बनाउँदै काठमाडौँ महानगरपालिका

वि.सं.२०७५ पुस २७ शुक्रवार

792 

shares

२७ पुस, काठमाडौ ।  काठमाडौँ महानगरपालिका सडक छेउमा अव्यवस्थित रूपमा छरिएर रहेका तार व्यवस्थापन गर्दै शहर सुन्दर बनाउने कार्यमा लागेको छ ।

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार अघिल्लो मङ्सिरबाटै उक्त कार्य शुरु गरेको भए पनि अहिले बढी महत्वका साथ काम भइरहेको छ । “अव्यवस्थितरूपमा विभिन्न निकायले राखेका तारले शहरको सौन्दर्य बिगारेको छ, त्यसैले ती सबै तार हटाउँदै सम्बद्ध निकायलाई आगामी दिनमा जथाभावी तार नराख्न आग्रहसमेत गरिएको छ”, प्रवक्ता डङ्गोलले भने ।

उनका अनुसार विभिन्न निकायले यत्रतत्र तार छरेर शहरलाई कुरूप बनाएका थिए, अब ती सबै हटाइन्छ र व्यवस्थितरूपमा टाँगिएको तार मात्र राखिने गरी काम अघि बढिरहेको छ । पुतलीसडक, प्रदर्शनीमार्ग, लौनचौर, सोल्टी होटल जाने बाटो, राष्ट्रपति कार्यालय वरपरका स्थानका तार व्यवस्थापनको काम पहिलो चरणमा भइसकेको छ । ।

अहिलेसम्ममा मिनी टाटाको ७० टिप तार जम्मा भइसकेको छ । सङ्कलित तारमा सबैभन्दा बढी इन्टरनेट केबल सेवा प्रदायकका तार र टेलिफोनका छन् । सङ्कलन भएका तारलाई टेकुमा लगेर राखिएको छ ।

सुरक्षाको दृष्टिले जोखिम बनेका, भुइँमा लतारिएका, प्रयोग नगरिएका तारले थप समस्या निम्त्याउने भएकाले तिनको व्यवस्थापन गर्नु अत्यावश्यक भएको र शहर सुन्दर देखाउन व्यवस्थापनको काम गरिएको हो ।

साथै सडकको बीचमा रहेको खम्बा र आसपासमा भएका जीर्ण रुखका हाँगा हटाउने काममा पनि कामपाको ध्यान जान थालेको छ । यस किसिमको समस्या विशषेगरी म्हेपी क्षेत्रको सडकमा रहेको छ । वडा नं १६, १७ लगायतका स्थानमा उक्त काम भइरहेको छ भने अन्य वडामा पनि वडाध्यक्षहरूले उक्त काम गरिरहेका छन् ।

वि.सं.२०७५ पुस २७ शुक्रवार ११:१६ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...