back
CTIZAN AD

शारीरिक रुपमा अशक्तलाई जोइन्ट हेन्डको सहयोग

वि.सं.२०७५ पुस २७ शुक्रवार

795 

shares

२७ पुस बुधबारे । विगत २ बर्ष देखि घर भित्रको खाटमा हातमा डोरीले बाँधिएको अवस्थामा जिवन विताइरहेका एक ११ बर्षिय वालक सहित एक लिम्बु परिवारलाई जोइन्ट हेन्ड युथ सोसाइटीले सहयोग गरेको छ ।
विहिबार बुद्धशान्ति ४ हापेन चोकमा रहेकोे परिवारलाई जोइन्ट हेन्ड युथ सोसाइटीले लत्ता कपडा सहित खाद्यान्य सहयोग गरेको हो । शारीरिक रुपमा हिँडडुल समेत गर्न नसक्ने ११ बर्षिय आइतराज लिम्बु, उनका ५ महिनाका कान्छा भाई जसको जन्मदै माथिल्लो पट्टिको ओठ छैन उनी सहित उनकी दिदीलाई जाडोको न्यानो कपडा, २ थान कम्मल र केही खाद्यान्य सहयोग गरिएको जोइन्ट हेन्ड युथ सोसाइटीका अध्यक्ष सञ्जील प्रसाईंले जनाएका छन् ।

सोसाइटीका अध्यक्ष सञ्जिल प्रसाईं, उपाध्यक्ष अनिल वाग्ले, सल्लाहकार शुशिला तिवारी, सचिव गोकुल पौड्याल, सदस्यहरु केशव तिम्सिना, राम भट्टराई लगायतको उपस्थितिमा परिवारलाई राहत प्रदान गरिएको थियो । सेवाको भावनाले खोलिएको जोइन्ट हेन्ड युथ सोसाइटीले सामाजिक सेवाका लागि खरिद गरेको साउन्ड सेटबाट उठेको रकमले उनीहरुलाई सहयोग गरिएको सोसाइटीका उपाध्यक्ष अनिल वाग्लेले जनाएका छन् ।

आर्थिक अवस्था कमजोर रहेको सो लिम्बु परिवार ५ बर्ष अगाडी ताप्लेजुङबाट
बसाईसरी सडकको जमिनमा बस्दै आएको स्थानीय महेन्द्र प्रधानले बताएका छन् । ‘ यो परिवारको अवस्था एकदमै नाजुक छ, यो परिवारका मुली मिलन लिम्बुले ५ सन्तान र श्रीमतिलाई ज्याला मजदुरी गरेर परिवारको पेट पालिरहेका छन् ।’– महेन्द्र प्रधान भन्छन् ‘ शारीरिक रुपमा असक्त माइला छोरा र ५ महिने कान्छा छोराको अवस्था देखेर पीडा हुन्छ ।’
पाँच सन्तानकी आमा सुनिताले आर्थिक अवस्था कमजोर भएको र श्रीमानले जसो तसो परिवारको पेट पालिरहेको बताएकी छिन् । उनले छोराहरुको अवस्थाले आफूलाई ठूलो पीडा भएको बताएकी छिन् । उनले छोराहरुको उपचार आफ्नो जिवनकै ठूलो इच्छा रहेपनि आर्थिक अवस्थाका कारण भक्कानिएर बस्नु बाहेकको विकलल्प नरहेको बताइन् ।

सुनिताले डाक्टरले उपचार सम्भव रहेको बताएको जानकारी दिइन् । विभिन्न सामाजिक सेवा गरिरहेको जोइन्ट हेन्डले रकमले सहयोग गरेपनि सो सहयोग ज्यादै कम रहेको भन्दै सोसाइटीका कोषाध्यक्ष प्रवेश भट्टराईले सबैलाई सहयोग गर्न अपिल गरेका छन् ।
आइतराज र उनका कान्छो भाईको स्वास्थ्य उपचार गर्न आफूहरुसँग कुनै उपाय नभएको बताउँदै आमा सुनिताले उपचारको प्रवन्ध मिल्न सक्दा ठूलो गुन हुने बताइन् । यसैविच जोइन्ट हेन्ड युथ सोसाइटी बुद्धशान्तिले सो परिवारको सहयोगका लागि सबै सहयोगी मनहरुसँग अनुरोध गरेको छ ।

वि.सं.२०७५ पुस २७ शुक्रवार ११:५८ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...