back
CTIZAN AD

कुखुरामा रानीखेत रोगको प्रकोप

वि.सं.२०७५ पुस २७ शुक्रवार

699 

shares

२७ पुस, डोटी । कुखुरामा देखिने ‘रानीखेत’ नामक रोगका कारण डोटीका एक कुखुरा व्यवसायीलाई लाखाँैको क्षति भएको छ ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ पुन्नामा डिल्लीराज भट्टले सञ्चालन गर्दै आएको कुखुरा फार्ममा रहेका लेयर्स जातका ७०० कुखुरा रोगका कारण मरेका छन् । रु १२ लाख खर्च गरी सञ्चालन गर्दै आएका भट्टको पोल्टी फार्ममा कुखुरामा प्रकोप देखिएको हो ।

कुखुरा झोक्राउने, टाउको घुमाउने, मुखबाट फिँज फाल्नेजस्ता लक्षण देखिएको भट्टले जानकारी दिए । यस्तो लक्षण देखिएको करीब दुई घण्टाभित्रै कुखुरा मर्ने गरेका छन् ।

अण्डा उत्पादन गर्नका लागि पालन गरिएको कुखुराले तीन महीना पहिलेदेखि मात्र अण्डा दिन थालेको थियो । करीब १८ महीनासम्म अण्डा दिने कुखुरा मरेपछि भट्ट चिन्तित बनेका छन् । एउटा खोरमा रहेका एक हजार कुखुरामध्ये करीब ३०० कुखुरा मात्र बाँकी रहेको भट्टले बताए ।

रोगको आक्रमण भएपछि कुनै उपचार सम्भव नभएको पशु चिकित्सकले बताएका छन् । पुन्ना क्षेत्रमा मात्र अन्य व्यवसायीले पनि कुखुरापालन गरी रहेकाले सावधानी अपनाउनका लागि पशु सेवा एकाइले सबैमा आग्रह गरेको छ ।

वि.सं.२०७५ पुस २७ शुक्रवार १२:२० मा प्रकाशित

यस्तो छ आजको बजारमा कृषि उपजको भाउ

यस्तो छ आजको बजारमा कृषि उपजको भाउ

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...