Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

कुखुरामा रानीखेत रोगको प्रकोप



२७ पुस, डोटी । कुखुरामा देखिने ‘रानीखेत’ नामक रोगका कारण डोटीका एक कुखुरा व्यवसायीलाई लाखाँैको क्षति भएको छ ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ पुन्नामा डिल्लीराज भट्टले सञ्चालन गर्दै आएको कुखुरा फार्ममा रहेका लेयर्स जातका ७०० कुखुरा रोगका कारण मरेका छन् । रु १२ लाख खर्च गरी सञ्चालन गर्दै आएका भट्टको पोल्टी फार्ममा कुखुरामा प्रकोप देखिएको हो ।

कुखुरा झोक्राउने, टाउको घुमाउने, मुखबाट फिँज फाल्नेजस्ता लक्षण देखिएको भट्टले जानकारी दिए । यस्तो लक्षण देखिएको करीब दुई घण्टाभित्रै कुखुरा मर्ने गरेका छन् ।

अण्डा उत्पादन गर्नका लागि पालन गरिएको कुखुराले तीन महीना पहिलेदेखि मात्र अण्डा दिन थालेको थियो । करीब १८ महीनासम्म अण्डा दिने कुखुरा मरेपछि भट्ट चिन्तित बनेका छन् । एउटा खोरमा रहेका एक हजार कुखुरामध्ये करीब ३०० कुखुरा मात्र बाँकी रहेको भट्टले बताए ।

रोगको आक्रमण भएपछि कुनै उपचार सम्भव नभएको पशु चिकित्सकले बताएका छन् । पुन्ना क्षेत्रमा मात्र अन्य व्यवसायीले पनि कुखुरापालन गरी रहेकाले सावधानी अपनाउनका लागि पशु सेवा एकाइले सबैमा आग्रह गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा