back

खेल सङ्घको विवाद समाधान हुँदै : समितिको म्याद एक महीना थप

वि.सं.२०७५ पुस २७ शुक्रवार

363 

shares
GLOBAL IME AD
NTC AD

२७ पुस, काठमाडौ ।  युवा तथा खेलकूद मन्त्रालयले पछिल्लो समय खेल सङ्घमा देखिएको विवाद समाधान गर्न गठित समितिको म्याद एक महीना थप गरेको छ ।

गत मङ्सिर १७ गते युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको मन्त्रिस्तरीय निर्णयबाट राष्ट्रि«य खेलकूद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाको संयोजकत्वमा तीन सदस्यीय गठन भएको उक्त समितिको म्याद एक महीना थप गरिएको मन्त्रालयले जनाएको छ ।

समितिको सदस्यमा मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपाने र राखेपको खेलकुद विकास विभाग प्रमुख कुलबहादुर थापा रहेका छन् ।

समिति गठन भएसँगै विवाद रहेको तेक्वान्दो, कराते, कुस्ती, जिम्यास्टिक र टेबलटेनिस सङ्घका पदाधिकारीसँग प्रारम्भिक छलफल गरी सहमति नजिक पुगेको समितिका सदस्य एवं मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपाने जानकारी दिए ।

“उनीहरुसँग भएको छलफल सकारात्मकरुपमा अगाडि बढेको छ, केही दिनमा हामी पुनः छलफल गर्छौं र विवाद समाधान गर्छौं”, उनले भने ।

एउटै खेलको दुईवटा खेल सङ्घ हुँदा विशेषगरी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता कसले गर्ने भन्ने बढी विवाद हुने गरेको छ । समितिले खेल सङ्घको छलफलपछि ओलम्पिक कमिटीसँग पनि छलफल गर्ने तयारी गरेको छ ।

“एउटै सङ्घ राखेप तथा ओलम्पिक कमिटीमा पनि दर्ता हुने गरेको पाइएको छ । त्यसबारे ओलम्पिक कमिटीसँग छलफल गर्छौं”, समितिका अर्को सदस्य थापाले भने । आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिता तथा १३ आँै दक्षिण एशियाली खेलकूदको मिति नजिकिँदै गर्दा ती प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटमा समेत एउटै खेलको दुईवटा सङ्घ हुँदा समस्या परेको हुँदा मन्त्रालयको दुई सङ्घबीच वार्ता र समन्वय गरी एउटै सङ्घ बनाउन पहल थालेको हो ।

एउटै प्रकृतिका खेल सङ्घ भिन्नभिन्न हुँदा खेलाडीलाई पनि अप्ठ्यारो परेकाले समस्या समाधानका लागि मन्त्रालयले आफूलाई जिम्मेवारी दिएको तिम्सिनाको भनाइ छ ।

अहिले खेलकूद क्षेत्रमा लगानीमात्रै भइरहेको तर प्रतिफल भने नआएको बताउँदै उनले खेलकूदको लगानी बालुवामा पानी सरह भएकाले यसलाई सुधार गर्नुपर्ने धारणा व्यक्त गरे ।

यसअघि पनि चार वर्ष परिषद्मा उपाध्यक्ष भइसकेका तिमिल्सिना सङ्घको विवादबारे जानकारी छन् । उनले भने, “हरेकजसो खेल सङ्घमा विवाद गरेर फरकफरक अस्तित्वका दुईवटा सङ्घ भएकाले ती सबैलाई मिलाएर न्यायसङ्गत तरिकाले विवाद समाधान गर्छु ।”

सङ्घमा विवाद बढ्दै गएपछि एक महीनाअघि राखेपले आठौँ राष्ट्रिय खेलकूदमा तेक्वान्दोलाई सहभागी नगराउने चेतावनी दिँदै जिल्ला छनोटसमेत रोकेको छ ।

वि.सं.२०७५ पुस २७ शुक्रवार १२:२९ मा प्रकाशित

गण्डकी कप महिला फुटबल आगामी असारमा

गण्डकी कप महिला फुटबल आगामी असारमा

गण्डकी । प्रथम गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार...

चीनमा मानिस र रोबोटबिच दौड प्रतियोगिता

चीनमा मानिस र रोबोटबिच दौड प्रतियोगिता

काठमाडौँ । चीनमा मानिस र रोबोटबिच हाफ म्याराथन दौड भएको...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

काठमाडौँ । यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२’ आजदेखि...

विहादी गाउँपालिकामा ‘अध्यक्ष कप-२०८२’ आयोजना गरिँदै

विहादी गाउँपालिकामा ‘अध्यक्ष कप-२०८२’ आयोजना गरिँदै

विहादी गाउँपालिका पर्वतले ‘गाउँपालिका अध्यक्ष कप–२०८२’ अन्तर्गत भलिबल प्रतियोगिता तथा...

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल...

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न ब्याडमिन्टन प्रतियोगिता आयोजना

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न ब्याडमिन्टन प्रतियोगिता आयोजना

मिक्लाजुङ (पाँचथर) । खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने, आर्थिक गतिविधिमा...