back

चार स्वास्थ्य चौकीलाई सुत्केरी गराउने औजार प्रदान

वि.सं.२०७५ पुस २७ शुक्रवार

393 

shares
GLOBAL IME AD
NTC AD

२७ पुस, बेझाड ।  पूर्वखोला गाउँपालिका पाल्पाले चार वटा स्वास्थ्य चौकीलाई सुत्केरी गराउँदा आवश्यकपर्ने औजार तथा उपकरण प्रदान गरेको छ । गाउँपालिकाले वडा नं १ सिलुवा, वडा नं २ को जल्पा, वडा नं ५ वीरकोट र वडा नं ६ हेक्लाङको स्वास्थ्य चौकीलाई सक्सन मेसिन, इलेक्ट्रिक अक्सिजन मेसिन, डब्लरलगायतका औजार तथा उपकरण उपलब्ध गराएको गाउँपालिकाका स्वास्थ्य उपसंयोजक मोहन ढकालले जानकारी दिए ।

उनले बाँकी रहेका वडा नं ३ को रिङनेरह र वडा नं ४ को देवीनगर स्वास्थ्य चौकीलाई पनि छिट्टै नै सुत्केरी गराउन आवश्यक पर्ने औजार र उपकरण उपलब्ध गराउने बताए । प्रतिसेट रु एक लाख २० हजार बढी मूल्यका ती उपकरण गाउँपालिकाले आफ्नै खर्चमा खरीद गरी स्वास्थ्य चौकीलाई प्रदान गरेको ढकालले बताए ।

गाउँपालिकाले संस्थागत सुत्केरी अभियानलाई थप मद्दत गर्न सुत्केरी हँुदा आवश्यक पर्ने औजार र उपकरण उपलब्ध गराएको बताइएको छ । ‘जिरो होम डेलिभरी’ अभियानलाई शतप्रतिशतमा पुयाउने लक्ष्यका साथ गाउँपालिकाले काम गरिरहेको छ । गाउँपालिकाले शुरु गरेको संस्थागत सुत्केरी कार्यक्रम अहिले निकै प्रभावकारी बन्दै गएको छ ।

चालू आर्थिक वर्षको पछिल्लो विवरणअनुसार ९३ जना सुत्केरी भएकामा चार जनामात्रै घरमा सुत्केरी भएको पाइएको छ । गाउँपालिकाभित्र चालू आर्थिक वर्षमा ८९ जनाले स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी भएको तथ्याङ्क छ । गाउँपालिकाका वडा नं ३ रिङनेरह र वडा नं ४ को देवीनगर स्वास्थ्य चौकीमा शतप्रतिशत संस्थागत सुत्केरी भएको पाइएको छ । पूर्वखोला गाउँपालिकाका सबै वडामा प्रसूति सेवा सञ्चालनमा ल्याउने जिल्लाकै पहिलो गाउँपालिका हो ।

वि.सं.२०७५ पुस २७ शुक्रवार १४:०३ मा प्रकाशित

यौन धन्दामा लगाउने एक महिला पक्राउ

यौन धन्दामा लगाउने एक महिला पक्राउ

पर्सा । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा वीरगंज...

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु...

जनमतकी समानुपातिक सांसद गुरुङले दिइन राजीनामा

जनमतकी समानुपातिक सांसद गुरुङले दिइन राजीनामा

काठमाडौँ । लुम्बिनी प्रदेशसभाका सांसद गीता गुरुङले पदबाट राजीनामा दिएका...

प्रधानमन्त्री ओलीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट

प्रधानमन्त्री ओलीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर-संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का...

संसद् बैठक : आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

संसद् बैठक : आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने

तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने

काठमाडौँ । तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने...