back
CTIZAN AD

चार स्वास्थ्य चौकीलाई सुत्केरी गराउने औजार प्रदान

वि.सं.२०७५ पुस २७ शुक्रवार

741 

shares

२७ पुस, बेझाड ।  पूर्वखोला गाउँपालिका पाल्पाले चार वटा स्वास्थ्य चौकीलाई सुत्केरी गराउँदा आवश्यकपर्ने औजार तथा उपकरण प्रदान गरेको छ । गाउँपालिकाले वडा नं १ सिलुवा, वडा नं २ को जल्पा, वडा नं ५ वीरकोट र वडा नं ६ हेक्लाङको स्वास्थ्य चौकीलाई सक्सन मेसिन, इलेक्ट्रिक अक्सिजन मेसिन, डब्लरलगायतका औजार तथा उपकरण उपलब्ध गराएको गाउँपालिकाका स्वास्थ्य उपसंयोजक मोहन ढकालले जानकारी दिए ।

उनले बाँकी रहेका वडा नं ३ को रिङनेरह र वडा नं ४ को देवीनगर स्वास्थ्य चौकीलाई पनि छिट्टै नै सुत्केरी गराउन आवश्यक पर्ने औजार र उपकरण उपलब्ध गराउने बताए । प्रतिसेट रु एक लाख २० हजार बढी मूल्यका ती उपकरण गाउँपालिकाले आफ्नै खर्चमा खरीद गरी स्वास्थ्य चौकीलाई प्रदान गरेको ढकालले बताए ।

गाउँपालिकाले संस्थागत सुत्केरी अभियानलाई थप मद्दत गर्न सुत्केरी हँुदा आवश्यक पर्ने औजार र उपकरण उपलब्ध गराएको बताइएको छ । ‘जिरो होम डेलिभरी’ अभियानलाई शतप्रतिशतमा पुयाउने लक्ष्यका साथ गाउँपालिकाले काम गरिरहेको छ । गाउँपालिकाले शुरु गरेको संस्थागत सुत्केरी कार्यक्रम अहिले निकै प्रभावकारी बन्दै गएको छ ।

चालू आर्थिक वर्षको पछिल्लो विवरणअनुसार ९३ जना सुत्केरी भएकामा चार जनामात्रै घरमा सुत्केरी भएको पाइएको छ । गाउँपालिकाभित्र चालू आर्थिक वर्षमा ८९ जनाले स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी भएको तथ्याङ्क छ । गाउँपालिकाका वडा नं ३ रिङनेरह र वडा नं ४ को देवीनगर स्वास्थ्य चौकीमा शतप्रतिशत संस्थागत सुत्केरी भएको पाइएको छ । पूर्वखोला गाउँपालिकाका सबै वडामा प्रसूति सेवा सञ्चालनमा ल्याउने जिल्लाकै पहिलो गाउँपालिका हो ।

वि.सं.२०७५ पुस २७ शुक्रवार १४:०३ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...