
२८ पुस, काठमाडौं । नेपालका बचत तथा ऋण सहकारी संस्थामा ६० हजार भन्दा बढीले रोजगारी पाएका छन् । राष्ट्रिय सहकारी महासंघले दिएको जानकारी अनुसार कुल ३५ हजार ५१२ सहकारी संस्थामा ६० हजार भन्दा बढीले रोजगारी पाएका छन् । त्यस्तै ती सहकारी संस्थाहरुमा ३ खर्ब २ अर्ब रुपैयाँ बचत रहेको महासंघले जनाएको छ । सहकारी संस्थाहरुले २ अर्ब ७२ अर्ब ऋण लगानी गरेको महासंघका नायब महाप्रबन्धक बाबुल खनालले बताए । महासंघमा विभिन्न २० प्रकारका सहकारी आवद्ध छन् । महासंघका अनुसार सहकारी क्षेत्रमा महिलाको संख्या ६३ प्रतिशत रहेको छ । आजको राजधानी दैनिकबाट