२८ पुस, काठमाडौं । नेपाल वायु सेवा निगमाको वाइडबडी विमान खरिद अनियमिता प्रकरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउजा पनि जोडिएका छन् । २०७४ जेठ २४ गते देउवा भएको चारदिन पछि २९ गते वाइडबडी खरिदको रकम भुक्तानीका लागि सटही सिफारीसको निर्णय भएको थियो । त्यतिबेला देउवाले नै पर्यटन मन्त्रालयको नेतृत्व गरेका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संसदको सार्वजनिक लेखा समितिलाई पठाइको विवरणमा २०७४ बैशाख २५ देखि चैत १ सम्म जितेन्द्रनारायण देव उड्डयन मन्त्री रहेको उल्लेख छ । यो विवरण गलत रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय श्रोतले बतायो । कार्यालयको विवरण अनुसार देवले २०७४ बैशाख २५ गते पयर्यटन मन्त्रीका रुपमा जिम्मेवारी लिएका थिए तर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको राजनीमासँगै उनी जेठ २३ देखि पदमा रहेनन् । भोलीपल्ट जेठ २४ मा देउवाको नेतृतव्मा सरकार गठन भयो । तत्काललाई नागरिक उड्डयन मन्त्रालयको नेतृत्व देउवाले नै गरे । आजको कान्तिपुर दैनिकबाट
वि.सं.२०७५ पुस २८ शनिवार ०७:५५ मा प्रकाशित